कञ्चनपुर। दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा मारेर जुवातास खेल्दै गरेका १२ जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीबाट खटिएको प्रहरी टोलीले प्राप्त गोप्य सूचनाका आधारमा दोधारा चाँदनी नगरपालिका–१ पशुपति टोलस्थित दिनेशबहादुर बमको नास्ता पसलमा जुवातास खेल्दै गरेका आठ जनालाई नगद रकमसहति नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव […]
दमौली (तनहुँ)- सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानु तनहुँले सिँचाइ तथा पहिरा नियन्त्रणका लागि रु १५ करोड बढीका योजना सञ्चालन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा रु १५ करोड ७५ लाखका विभिन्न योजना सञ्चालन गरिएको जानकारी दिएको हो । आयोजना प्रमुख सुपिन्द्र खत्रीले पाँचवटा ठूला आयोजनामा रु तीन/तीन करोड बजेट विनियोजन भएको जानकारी दिए […]
भोजपुर- यस वर्ष समयमा फूल नफुल्दा भोजपुरमा फूल अभाव देखिएको छ । गत वर्षको तुलनामा यस वर्ष फूल उत्पादनमा उल्लेख्य कमी आएको स्थानीय किसानहरूको भनाइ छ । सामान्यतया असोज अन्त्यतिरै फूल फुल्ने गरे पनि यस वर्ष मौसम अनुकूल नहुँदा अहिलेसम्म अधिकांश कोपिला मात्रै बनेका छन् । सोही कारण मखमली, सयपत्री, गोदावरीलगायत तिहारमा बढी प्रयोग हुने […]
रामपुर (पाल्पा)- यसपटक तिहारमा मागअनुसार झिनियाँ पुर्याउन नसकिएको व्यवसायीले बताएका छन् । तिहारको बेला व्यवसायीले झिनियाँ बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् । चाडपर्वका बेला ग्राहक तथा व्यापारीबाट माग बढी आए पनि पुर्याउन नसकिएको उद्यमी रामपुर नगरपालिका–५ स्थित राङभाङ बस्ने रुद्रनारायण श्रेष्ठले बताए । तिहारमा पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा झिनियाँ दिने चलन बढ्दो […]
काठमाडौं – काठमाडौंको मुटुमा अवस्थित रानीपोखरीको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन दाजुभाइ वा दिदीबहिनी नभएका व्यक्तिहरूका लागि विशेष गन्तव्यको रूपमा चिनिन्छ । वर्षमा केवल यही एक दिन, भाइटीकाको अवसरमा मात्र भक्तजनले मन्दिरमा टिका लगाउन पाउँछन् । यो परम्परा मल्लकालदेखि चल्दै आएको छ र आज पनि भाइटीकामा हजारौं भक्तजनका लागि सांस्कृतिक र भावनात्मक अवसर प्रदान गर्छ । […]
ढोरपाटन (बागलुङ)- तिहार पर्वसँग देउसीभैलोको नजिकको सम्बन्ध छ । जब तिहार सुरु हुन्छ, तब गाउँसहर जताततै देउसीभैलोको रौनक सुरु हुन्छ । यसपालि पनि यमपञ्चक सुरु भएसँगै गाउँ तथा सहर सबैतिर देउसीभैलोको रौनक छ । यतिबेला बालबालिकादेखि बूढापाकासम्म देउसीभैलोमा झुमिरहेका छन् । गाउँ, टोल र छिमेक भैलीमय बनेको छ । तर देउसीभैलोको मौलिकता भने हरेक वर्ष […]