काठमाडौं : नागरिकता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। आज बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएपछि सभामुख अग्नीप्रसाद सापकोटाले निर्णयार्थ पेश गर्दै पारित भएको घोषणा गरेका हुन्। 'हुन्छ भन्ने माननिय सदस्यहरुको बहुमत भएकाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।' सभामुख सापकोटाले भने।त्यसअघि सांसदहरुले उठाएका प्रश्नहरुको जवा