राष्ट्रिय गौरव बोकेको बुढीगण्डकी जलविद्युत् आयोजनाको औपचारिक रुपमा चर्चा सुरु भएको दशक बित्न लाग्यो । आयोजना कुन ढाँचामा कसरी बनाउने भन्ने विषयमा हालसम्म उपयुक्त निर्णय हुन सकेको छैन । आयोजना प्रभावितका लागि २०७२ सालको चैतदेखि मुआब्जा वितरणको कार्य सुरु गरिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन ।