जलवायु परिवर्तनका कारण आर्कटिक अर्थात् उत्तरी ध्रुव द्रुत गतिमा पग्लिन थालेको छ । त्यहाँको हिउँ पग्लेर विशाल समुद्र बन्न थालेको खबर विभिन्न सञ्चारमाध्यमहरूले दिएका छन् ।
मंगलवार नेचर कम्युनिकेसन्स नामक जर्नलमा प्रकाशित एक अध्ययनले सन् २०६० को दशकसम्म उत्तरी ध्रुवमा हिमपात नभई पानीको वर्षा हुन सक्ने अनुमान गरेको छ । अर्थात् उत्तरी ध्रुव पनि विश्वका अन्य भाग जस्तै आवागमनयोग्य बन्ने दिशामा अघि बढिरहेको छ ।
तर यस विकासक्रमले संसारभरि वातावरणीय संकट ल्याउने आकलन गरिएको छ । यसरी उत्तरी ध्रुव पग्लिँदै जाँदा समुद्रको सतह ७० मिटरस...