जुम्ला – जुम्लामा भारी हिमपात भएपछि स्थानीय प्रशासनले चोक चोकमा दाउरा बाल्न सुरु गरेको छ । जुम्लामा लगातार हिमपात भइरहेको छ । हिमपातका कारण चिसोले जनजीवन प्रभावित भइरहेको छ ।
चिसोले दुई दिनदेखि हवाई यातायात बन्द भएको छ भने कर्णाली राजमार्ग पनि आज बिहानदेखि अबरुद्ध भएकाे छ । मङ्गलवारदेखि निरन्तर हिउँ परेपछि स्थानीय प्रशासनले मुख्य चोकहरुमा दाउरा बाल्ने अभियान सुरु गरेको हाे ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार जुम्लाकाे मुख्य बजार बालमन्दिर, जिल्ल...
मुस्ताङ, पुस १९ । यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँको तिलिचो तालको पानी जमेको छ । तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्यांकी क्रमशः जम्न थालेका छन् । चिसोले यहाँको दैनिकीमा प्रतिकूल असर परेको छ । हिउँदयाममा चिसोका कारण ङिस्याङ गाउँपालिका–९ तिलिचो ताल, गंगापूर्ण […]
हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ । यस वर्ष आजसम्म हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको पानी हिउँमा परिणत हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा हिउँ जम्न थालेको छ । सिमकोटमा राति र बिहान तापक्रम माइनसमा झर्ने गरेको छ । बाल्टिनलगायत अन्य भाँडामा जम्मा गरेर राखेको पानीसमेत जमेर हिउँमा परिणत हुन थालेको सिमकोटका स्थानीयवासी माया लामाले बताइन् । दिउँसो घाम
काठमाडौँ,६ पुष । हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ । यस वर्ष आजसम्म हिमपात नभए पनि हुम्लामा चिसो बढ्न थालेपछि धारासहित जम्मा गरेर राखेको पानी हिउँमा परिणत हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा हिउँ जम्न थालेको छ । सिमकोटमा राति […]
म्याग्दी : मुस्ताङ, त्यसमा पनि मंसि रमहिना, चिसोले कठ्याङ्ग्रिदै बस्नुपर्ने समय। अझै बाटोमा हिउँ परेर हिँड्नै नसक्ने भएपछि निर्धारित समयमा गन्तव्यमा पुग्नुपर्ने व्यक्तिको अवस्था कस्तो हुन्छ होला? यस्तो अवस्था निर्वाचन गराउन मतदान स्थलतिर हिँडेका मुस्ताङका कर्मचारीले भोगेका छन्।मुस्ताङको वारागुङमुक्ति क्षेत्र गाउँपालिका–५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गराउन हिँडेका कर्मचारी र सुरक्षाकर्मी बाक्लो हिउँ परेर बाटो अवरुद्ध भएपछि बाटैमा रोकिएका थिए।जिल्ला सदर
ताप्लेजुङ– ताप्लेजुङको हिमाली बस्ती फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको फलेमा दर्जनौ बाख्रा चिसोले मरेका छन् । पछिल्लो समय निरन्तरको हिमपातसँगै बढेको चिसोले फलेका स्थानीयले पालेका बाख्रा मरेका हुन् । हिमपातको क्रमसँगै पछिल्लो दुई सातायता जिल्लाको उच्च हिमाली क्षेत्रमा दिनहुँजसो हिमपात हुँदै आएको छ भने फलेमा पनि अहिले बाक्लो हिउँ परेको छ । करिब तीन हजार तीनसय मिटर […]
हेटौंडा : उत्तरी मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा हिउँ खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ।शनिबार चित्लाङमा हिउँ खेल्ने क्रममा अत्यधिक चिसोको कारण एक युवकको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले प्रहरी टोली घटनास्थल पुगिनसकेकाले मृतकको विवरण खुल्न बाँकी रहेको बताए।उनले हिउँ खेल्ने क्रममा एकजनाको मृत्यु भएको खबर आफूहरूले पाएको र प्रहरी टोली त्यसतर्फ गइरहेको बताए।दासले अत्यधिक चिसो (हाइपोथरमिया) कारण युवकको मृत्यु भएको हुन सक्ने आशंका गरिएको जानकारी दि
विराटनगर : संखुवासभाको भोटखोला गाउँपालिकाको किमाथांकामा बाक्लो हिउँ परेको छ।लगातार परेको बाक्लो हिमपातले जनजीवन कष्टकर बनेको स्थानीय दोची भोटेले बताए।उनका अनुसार बुधबारदेखि हिमपातपछि बढेको चिसोले खासगरी बालबालिका र वृद्धलाई असहज भएको छ।तस्वीर सौजन्य : नुर्पु च्यावा
हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भएको छ। हिमपातसँगै सदरमुकाम सिमकोटमा झण्डै एक फिटसम्म हिउँ जमेको छ। हिमपातले हुम्ला जिल्ला सेताम्य देखिएको छ। तापक्रम माइनसमा झर्दा चिसो अत्याधिक बढेको छ।
उत्तरी नाम्खा...
हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात भइरहेको छ । हिमपातले यहाँको जनजीवन थप कष्टकर बनेको छ । सदरमुकाम सिमकोटमा झण्डै एक फिटसम्म हिउँ जमेको छ भने उत्तरी क्षेत्रमा दुई देखि तीन फिटसम्म हिमपात भएको छ । हिमपातले हुम्ला सेताम्य देखिएको छ ।हिमपातसँगै यहाँको तापक्रम माइनसमा झर्दा चिसो अत्याधिक बढेको छ । चिसोले वृद्धवृद्धा, बालबालिका लगायतलाई थप असहज बनाएको छ । हिमपातले एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न थप कठिनाई बनाएको छ । हुम्लामा यो वर्ष हालमम्म चौथो पटक हिमपात भएको हो ।उत्तरी हुम्लाको