अस्ट्रेलियाका जनताले फेसबूकमा समाचार पाउन छोडेका छन् ।
बुधवार फेसबूकले एक विज्ञप्ति जारी गर्दै अस्ट्रेलियामा सर्वसाधारण र प्रकाशकहरूले स्थानीय तथा अन्तर्राष्ट्रिय आउटलेटको समाचार शेयर गर्न र हेर्न नपाउने जनाएको छ ।
अस्ट्रेलियाले प्रविधि कम्पनीहरूलाई सामग्री उपयोग गरिएकोमा प्रकाशकलाई पैसा तिर्नुपर्ने विधेयक तयार पारेपछि फेसबूकको यस्तो प्रतिक्रिया आएको हो ।
‘प्रस्तावित कानूनले हाम्रो प्ल्याटफर्म र प्रकाशकहरूबीचको आधारभूत सम्बन्धको पहिचान गर्न सकेको छैन,’ फेसबूकको विश्वव्यापी समाचार साझेदारीका उप...