काठमाण्डाै – अमेरिकाले चीनमा अल्पसङ्ख्यक उइगुर समुदायको बाध्य श्रमबाट उत्पादित सामग्री आयातमा रोक लगाएको छ । चीनको सिन्जियाङ क्षेत्रमा रहेका अल्पसङ्ख्यक उइगुर समुदायलाई बाध्य बनाइ श्रममा लगाएर उत्पादन गरिएका सामग्रीमा अमेरिकाले प्रतिबन्ध लगाएको हङकङ पाेस्टले जनाएको छ ।
अमेरिकाको यही कदम स्वरूप सोलार प्यानल उत्पादन गर्ने चिनियाँ कम्पनी होसिन सिलिकन इन्डस्ट्रीकाे सामग्रीहरूमा प्रतिबन्ध लागेको छ । यस कम्पनीले सिन्जियाङमा उइगुर समुदायकाे बाध्य श्रम प्रयोग गरेको अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) ले बताएको...