रक्सीदेखि कुरमुरेसम्म आयातमा रोक, के के ल्याउन पाइँदैन?

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीमा रोक लगाएको  हो।

सम्बन्धित सामग्री

केराउ, सुपारी र कालो मरिचको आयात खुला

सरकारले अघिल्लो आर्थिक वर्षबाटै आयातमा रोक लगाएको केराउ, सुपारी र कालो मरिचको आयात औद्योगिक प्रयोजनको कच्चा पदार्थका रुपमा ल्याउन सकिने गरी खुला गरेको छ ।

मोबाइल आयातमा झनै कडाई, ३८ हजारभन्दा बढी मूल्यको ल्याउन नमिल्ने

सरकारले मोबाइल आयातलाई झनै कडाई गरेको छ । यसअघि वैशाख महिनामा आयात विदेशी मुद्राको सञ्चिती जोगाउन भन्दै सरकारले ६०० डलरभन्दा महँगा स्मार्टफोन आयातमा बन्देज लगाएको थियो । यसलाई थप कडाई गर्दै सरकारले ३०० डलरभन्दा महँगो स्मार्टफोन आयातमा बन्देज लगाएको हो ।आजको विदेशी विनिमय दर अनुसार ३०० अमेरिकी डलरको नेपाली रुपैयाँ ३८ हजारभन्दा माथि हुन आउँछ । सरकारले वैशाख महिनादेखि नै महँगा स्मार्टफोन आयातमा रोक लगाएको थियो । जुन, भदौ १४ गतेसम्मका लागि थप गरेको हो ।गत आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्मको अवधिम

१० वस्तुको आयातमा असारसम्म प्रतिबन्ध

काठमाडौं । बैंकहरूले सवारीसाधन र विलासी वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्न छाडेको ३ सातापछि सरकारले १० किमिसका वस्तु आयातमा प्रतिबन्ध लगाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलवार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध असार मसान्तसम्मका लागि लगाइएको हो । आयातमा प्रतिबन्ध लगाउने सरकारी निर्णयले विदेशी मुद्रा सञ्चितिमाथिको चाप अझै नघटेको संकेत गर्छ । सरकारले विलासी वस्तुको आयात निरुत्साहित गर्न दर्जनौं वस्तुको आयात एलसी खोल्दा ५० र शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने, एलसी नै नखोल्ने जस्ता उपाय अपनाउँदै आएको थियो । ती उपायले अपेक्षित नतीजा नल्याएपछि सरकारले यो कदम चालेको हो । तर, कूटनीतिक नियोगले भने आयात रोकिएका सामान ल्याउन पाउने वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयले जानकारी दिए । कूटनीतिक नियोगले आफ्नै प्रयोजनका ती वस्तु आयात गर्न पाउने उनको भनाइ छ । मदिरा आयातमा प्रतिबन्धले होटेल व्यवसायमा नकारात्मक असर पर्ने होटेल संघ नेपाल (हान) को भनाइ छ । हानका कार्यवाहक अध्यक्ष विनायक शाह मदिरा रोक्दा हुने असर नबुझी निर्णय गरिएकाले सरकारले यो निर्णयमा पुनर्विचार गर्नुपर्ने बताउँछन् । सरकारले निर्णय नसच्याए पर्यटन क्षेत्र नै प्रभावित हुने उनले बताए । नेपाल राष्ट्र बैंकले विलासी वस्तुको आयात नरोके अत्यावश्यक वस्तुको आयातसमेत संकटमा पर्ने भन्दै १६ चैतमा अर्थ मन्त्रालयलाई १६ बुँदे सुझाव दिएको थियो । आफ्नो सुझावमाथि अर्थमन्त्रीले बेवास्ता गरेपछि चैत २१ मै राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर विलासी वस्तु आयातका लागि प्रतीतपत्र नखोल्न मौखिक निर्देशन दिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार हाल विदेशी मुद्रा सञ्चिति घटेर साढे ९ अर्ब डलर मात्र बाँकी छ । यसले साढे ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ । आयात प्रतिबन्धले आयातमा आधारित राजस्व संकलनमा पनि धक्का पुग्ने देखिन्छ । चैतमा अर्थ मन्त्रालयले ४६ अर्ब रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेको थियो । भन्सार राजस्व मासिक लक्ष्यको तुलनामा ६ अर्ब कम उठेको छ । अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजस्वमा भ्याटतर्फको असुली पनि न्यून छ । चालू आर्थिक वर्षको ९ महीनाको लक्ष्यसँग तुलना गर्दा करीब १२ अर्ब कम मूल्य अभिवृद्धिकर संकलन भएको छ । चालू वर्षको ९ महीनामा मूल्य अभिवृद्धिकर शीर्षकमा ९२ अर्ब ८४ करोड संकलन गर्ने लक्ष्य थियो । यस अवधिमा ८० अर्ब ८८ करोड रुपैयाँमात्रै उठेको आन्तरिक राजस्व विभागको तथ्यांक छ । विद्युतीय गाडी आयात गर्न पाइने सरकारले पेट्रोल, डिजेलबाट चल्ने गाडीको आयातमा रोक लगाए पनि विद्युतीय गाडी भने आयात गर्न पाइन्छ । त्यस्तै, २५० भन्दा कम सीसीका मोटरसाइकल आयात पनि रोकिएको छैन । वैशाख १३ गतेअघि बैंकिङ माध्यमबाट आयातको प्रक्रिया सम्पन्न भइसकेका वस्तुको हकमा पनि प्रतिबन्ध नलाग्ने राजपत्रको सूचनामा उल्लेख छ । नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले सबै गाडी आयातमा रोक लगाउँदा डेढ २ महीनापछि बजारमा गाडी पाउन मुश्किल पर्ने बताए । उनका अनुसार कमर्शियल, विद्युतीय र २५० भन्दा कम सीसीका मोटरसाइकललाई समस्या हुने छैन । असार मसान्तसम्म गाडी आयात गर्न नपाउने भएपछि असार मसान्तसम्म एलसी नखोल्दा असार, साउन र भदौ महीनामा ग्राहकले चाहेको गाडी पाउन नसक्ने उनको भनाइ छ ।

सरकारले आयातमा रोक लगाएका १० वस्तु नेपालमा कति भित्रन्छ ?

काठमाडौं । राज्यको ढुकुटीमा रहेको संचित रकम घट्दै गएपछि सरकारले बुधबारबाट लागु हुनेगरी १० वटा वस्तुको आयातमा रोक लगाएको छ । सरकारले रोक लगाएका वस्तुमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन छुट), हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा […] The post सरकारले आयातमा रोक लगाएका १० वस्तु नेपालमा कति भित्रन्छ ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

आयातमा रोक लगाएका १० वस्तु नेपालमा कति भित्रन्छ ?

काठमाडौं । राज्यको ढुकुटीमा रहेको संचित रकम घट्दै गएपछि सरकारले बुधबारबाट लागु हुनेगरी १० वटा वस्तुको आयातमा रोक लगाएको छ । सरकारले रोक लगाएका वस्तुमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन छुट), हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा […]

मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामान आयातमा रोक ! (सूचीसहित)

काठमाण्डाै – सरकारले मोटरसाइकल, मोबाइल लगायतका १० प्रकारका सामानहरु भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो राजपत्रमा सूचना निकालेर विभिन्न १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको जनाएको छ ।आउँदो असार मसान्तसम्मका लागि मोबाइल सेट, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन र  २५० सीसीभन्दा बढी क्षमता भएका मोटरसाइकल ल्याउन रोक लगाइएको छ । यस्तै एम्बुलेन्स र शववाहन प्रयोजनका लागि बाहेक जीप, कार र भ्यान तथा सबै प्रकारका खेलौना र तास पनि नेपाल भित्र्याउन पाइँदैन । कु...

'स्पेयर पार्ट्स ल्याउन नदिए एक महिनापछि राष्ट्र बैंककै गाडी चल्दैन'

गाडी र बाइक दैनिक कामकाजमा बाध्यात्मक भइसकेकाले यसका स्पेयर पार्ट्स आयातमा रोक लगाउनु नहुने नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालका उपाध्यक्ष तथा नाडाको स्पेयर पार्ट्स कमिटीका सभापति सुनील रिजाल बताउँछन्

भारतबाट पेय पदार्थ ल्याउन रोक

बाँके प्रशासनले भारतबाट बिहीबारदेखि पेय पदार्थ आयातमा रोक लगाएको छ । भन्सार कार्यालयले पेय पदार्थ ल्याउन रोक लगाएको हो । नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले बिहीबारदेखि पेय पदार्थ बाकेर आउनेलाई फिर्ता गर्न निर्देशन दिएको छ ।

महँगो गाडी आयातमा रोक, मदिरा पनि ल्याउन नपाइने

१६ चैत, काठमाडौं । सरकारले महंगा सवारी साधन आयातमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले ५० हजार डलरभन्दा माथिको गाडी आयातमा रोक लगाएको हो । अब ६० लाखभन्दा महंगा गाडी नेपालमा भित्र्याउन पाइने छैन । …