-रत्ना कडायतम अहिले कैलालीको गोदावरी नगरपालिका उपप्रमुख छु । नेकपा एमाले विभाजन भएपछि म हाल एकीकृत समाजवादीमा आवद्ध छु भने नगरप्रमुख हरिसिंह साउद नेकपा एमालेमै हुनुहुन्छ । पहिले पार्र्टी एक हुँदा नगर प्रमुखले कुनै हस्तक्षेप गर्नु हुन्थेन । जब पार्टी फुट्यो, तब उहाँले पालिकाको सबै काम आफै एक्लै गर्न खोज्ने, हस्तक्षेप गर्न थाल्नु भयो ।म जितेर आएको नगर उपप्रमुख हुँ । जनप्रतिनिधि हुनुअघि सामाजिक संघ संस्थामा काम गरेको अनुभव पनि छ मसँग । काम गर्ने क्षमता पनि राख्छु तर नगर प्रमुखको हस्तक्षेपले अहिले ब