जिल्ला प्रशासन कार्यालय बैतडी परिसरमै जातीय विभेद हुने गरेको सरोकारवालाको गुनासो छ । प्रशासन कार्यालयमा सोमबार आयोजित अन्तरक्रियाका सहभागीहरूले यस्तो विभेद हट्नु पर्ने जोड दिए । ५७औँ अन्तराष्ट्रिय जातिय विभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा महिला शक्ति केन्द्र बैतडीकी अध्यक्ष देवु ठगुन्नाले भनिन्,‘जिल्लाको सबै स्थानमा जातिय विभेद कायमै छ । अन्यत्रका कुरा छोडौँ, जिल्ला प्रशासन कार्यालय अगाडिकै एक होटलमा दलितहरूलाई प्रवेश निषेध छ । जिल्लाका कुनै पनि ठाउँमा दलितले होटल सञ्