विभेद रोक्न दलित सम्मेलन

जातीय विभेद रोक्न कालिकोट जिल्लामा प्रथम जिल्ला दलित सम्मेलन सम्पन्न भएको छ।

सम्बन्धित सामग्री

छुवाछुत उन्मूलनमा दलितमै भाँडभैलो

बाजुरा जिल्लाको हरेक गाउँबस्तीमा जातीय विभेद तथा छुवाछुत गर्ने प्रचलन कायमै रहेको छ । माथिल्लो जातले दलित समुदायलाई निजी तथा सार्वजनिक क्षेत्रमा प्रवेशमा निषेध गर्दै आएका छन् ।बाहिरी रूपमा विभेद छैन भनिए पनि जिल्लाका हरेक गाउँबस्तीमा भने पहिलेदेखि चल्दै आएको जातीय विभेद तथा छुवाछुत गर्ने प्रचलन कायमै रहेको छ । गैरदलितले दलितलाई विभेद गर्ने चलन त पहिलादेखि नै थियो तर दलितले दलितलाई नै जातीय विभेद कायमै गरेको घटना जीवन्त छन् । दलित दलितबिचको जातीय छुवाछुत तथा विभेदले छुवाछुत उन्मूलनमा समस्या देखिएको छ । जातीय विभेद तथा छुवाछुत प्रथा रोक्नका लागि गाउँबस्तीमा गठन भएका दलित नेटवर्कले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । दलितले दलितलाई नै जातीय विभेद गर्दै आएकाले यसलाई रोक्न समस्या भएको दलित नेटर्वक बाजुराले जनाएको छ । जातीय छुवाछुतको अन्त्य आफैँबाट गर्न आवश्यक रहेकाले पछिल्लो समय दलित समुदायको घरआँगनबाट नै जनचेतनामूलक कार्यक्रम सुरुवात गर्ने तयारी रहेको जिल्ला दलित नेटवर्क बाजुराका सचिव मिलन सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा पहिलेदेखि व्यापक छुवाछुत भइरहेको छ । यो अन्त्य गर्नका लागि पहिले दलितमै भएको विभेद रोक्नु पर्छ ।” यहाँको नौ वटै स्थानीय तहका ६९ वटा वडामै वडास्तरीय दलित नेटवर्क तथा नौ वटा पालिकास्तरीय दलि

विभेद रोक्न दलित सम्मेलन

जातीय विभेद रोक्न कालिकोट जिल्लामा प्रथम जिल्ला दलित सम्मेलन सम्पन्न भएको छ।

क्वेर आन्दोलनमा जातको प्रश्न

एकातिर परिवारले छोराको नाममा राखिदिएको नामले उनको लैंगिक पहिचान बोक्दैनथ्यो, अर्कोतिर जातकै कारण पाइला–पाइलामा हुने विभेद र अपमान । दलित भएकै कारण भोग्नुपर्ने जातीय विभेदबाट बच्न उनले के गरिनन् ? नाम फेरिन्, थर समेत ब्राह्मण समुदायकै राखिन् ।

जातीय विभेद रोक्न दलित सेल गठन

जिल्लामा भएको जातीय विभेद न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले दलित सेल गठन गरेको छ । बाजुराका विभिन्न दलित समुदायमाथि पुस्तौँदेखि जातीय विभेद गरिँदै आएकोले त्यसलाई न्यूनिकरण गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले दलित सेल गठन गरिएको हो ।