नेपालको संविधान २०७२ ले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यको परिकल्पना गरेको भए पनि कर्णाली प्रदेशको राजधानीमै महिला विभिन्न प्रकारका विभेद भोग्न बाध्य रहेको पाइएको छ । ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा न्यायिक समिति वीरेन्द्रनगरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी महिलाले अझै पनि विभेद र हिंसा भोग्न बाध्य भएको बताएका हुन् । ज्यालामा विभेद भोग्नु […]