साउन २४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको एक घण्टाको अवधिमा अपि पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
यो समाचार तयार पार्दाको समय सम्ममा कारोबारमा आएका २१३ ओटा कम्पनीमध्ये उक्त कम्पनीको रू. २६ करोड ६१ लाख १ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।
उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५८१ मा कारोबार भइरहेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा २९ रुपैयाँले वृद्धि भएको हो । विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।