बंगलाचुली गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६३ करोड ५५ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार दोस्रो गाउँसभाको पहिलो अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा योजना कार्यान्वयनका लागि उक्त बजेट विनियोजन गरेको हो ।गाउँपालिकाले चालुतर्फ ३४ करोड ९३ लाख ४१ हजार रुपैयाँ र पुँजीगततर्फ २८ करोड ६१ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेको हो । आगामी आर्थिक वर्षका लागि विनियोजन रकममध्ये चालुतर्फ राजस्व बाँडफाँट ७ करोड, सशर्त अनुदान २६ करोड ९३ लाख ४१ हजार, आन्तरिक आम्दानीतर्फ १ करोड रकम विनियोजन ग