काठमाडौं : सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ।भक्तपुर क्यान्सर अस्पतालका लागि दुई करोड, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पाँच करोड १२ लाख ७० हजार, चरिकोट अस्पताललाई एक करोड ५५ लाख, जिरी अस्पताललाई ८० लाख, बाजुरा अस्पताललाई ७५ लाख तथा बझाङ अस्पतालका लागि एक करोड ५५ लाख निकासा दिइएको अर्थ मन्त्रालयले शुक्रबार जनाएको छ।यसैगरी डोटी अस्पतालका निम्ति रु ८० लाख, अछाम अस्पतालका लागि रु ७५ लाख, सोलुखुम्बु अस्पता