काठमाण्डाै – नेपालमा अहिलेसम्म तीन करोड ८७ लाख थान सिम कार्ड जारी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कअनुसार जेठ महिनासम्म कुल तीन करोड ८७ लाख १७ हजार आठ सय थान सिम कार्ड जारी भएका छन् ।
नेपाल टेलिकमबाट एक करोड ९७ लाख, एनसेलबाट एक करोड ६३ लाख र स्मार्ट सेलबाट २३ लाख ३३ हजार सिम जारी भएका छन् ।
ल्यान्ड लाइनसहित नेपाल टेलिकमका ग्राहक दुई करोड आठ लाख रहेका छन् । समग्रमा भ्वाइस सेवातर्फ तीन करोड ९५ लाख ५२ हजार सेवाग्राही रहेको र याे कुल जनसङ्ख्याको झन्डै एक सय ३१ प्रतिशत हुने...