मकवानपुरको रातोमाटेबाट प्रहरीले भन्सार छलेर ल्याएको ७ बोरा कपडा बरामद गरेको छ । प्रहरी चौकी रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट कपडा बरामद गरेको हो ।पूर्वपश्चिम राजमार्गअन्तर्गत् वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.५ ख २४६८ नम्बरको यात्रुबाहक बस रातोमाटेमा चेक गर्ने क्रममा बसको डिकी र छतमा लुकाएर ल्याएको सो परिमाणको विभिन्न प्रकारको कपडा बरामद गरिएको हो ।प्रहरीका अनुसार उक्त बसबाट कुर्ता