भिटामिन ‘सी’ औषधि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाण्डाै - काभ्रेको बनेपामा रहेको क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन ‘सी’ औषधिको बिक्रीवितरण रोक्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ । विभागले बिक्रीवितरण रोकेर बजारबाट औषधि फिर्ता गर्न सूचना निकालेर निर्देशन दिएको हो । माइभिट–सी औषधिको नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा  न्यून गुणस्तर रहेको पाइएको विभागले जनाएको छ । विभागले केही दिन अघि मात्रै बायोकल–डी र एसभीट औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको थियो । विभागले फिर्ता गर्...

सम्बन्धित सामग्री

यी दुई आयुर्वेदिक औषधी प्रयोग नगर्न विभागको आग्रह

काठमाडौं : औषधि व्यवस्था विभागले दुई प्रकारका आयुर्वेदिक औषधिको बिक्री वितरणमा रोक लगाएको छ।  नमुना परीक्षण गर्दा गुणस्तरहीन पाइएको भन्दै विभागले औषधीको बिक्री वितरण रोक्का गरेर बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो। विभागले सार्वजनिक सूचना जारी गर्दै गोर्खा आयुर्वेद कम्पनीले उत्पादन गरेको अविपत्तिकर चूर्ण एक सय ग्राम र भाष्कर हर्वास्युटिकल्स वीरगञ्जले उत्पादन गरेको निर्मल चूर्ण एक सय ग्रामको औषधि गुणस्तरहीन भेटिएको जनाएको हो। बिक्रीका लागि बजारमा पठाइएका सबै औषधी फिर्ता ल्या

नेपाली कम्पनीका दुई औषधि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

औषधि व्यवस्था विभागले नेपाली कम्पनीले उत्पादन गरेका छुट्टाछुट्टै दुईवटा भिटामिनका औषधिको निश्चित ब्याचलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ । रुपन्देहीस्थित बायोगेन रिमेडिज प्रालिले उत्पादन गरेको ‘बायोकल–डि’ को ब्याच नं ‘बिडि२१०४’ र काठमाडौंस्थित लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ‘अस्भिट’ ब्याच नं ‘एएस२१२१’ ट्याबलेटको गुणस्तर परिक्षा सन्तोषजनक नभएको बताउँदै विभागले बजारबाट फिर्ता गर्न भनेको हो ।

बायोकल 'डी' र एसभीट औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाण्डाै - बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमुनाबाट बायोकल–डी र एसभीट औषधि गुणस्तरहीन पाइएको छ । औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा सङ्कलन गरिएको नमुना परीक्षणका क्रममा ती औषधि गुणस्तरहीन रहेको पाइएको हो । विभागले ती औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । साथै विभागले सूचना निकालेर बजारमा उपलब्ध गुणस्तरहीन औषधि प्रयोग नगर्न समेत आग्रह गरेको छ । विभागले फिर्ता गर्न भनेको औषधि बायोकल–डी रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाण्डौको गठ्ठाघरमा उत्पादन हुने गरेको थियो ।