काठमाण्डाै - बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमुनाबाट बायोकल–डी र एसभीट औषधि गुणस्तरहीन पाइएको छ ।
औषधि व्यवस्था विभागले गरेको अनुगमनका क्रममा सङ्कलन गरिएको नमुना परीक्षणका क्रममा ती औषधि गुणस्तरहीन रहेको पाइएको हो ।
विभागले ती औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । साथै विभागले सूचना निकालेर बजारमा उपलब्ध गुणस्तरहीन औषधि प्रयोग नगर्न समेत आग्रह गरेको छ ।
विभागले फिर्ता गर्न भनेको औषधि बायोकल–डी रुपन्देहीको तिलोत्तमा र एसभीट काठमाण्डौको गठ्ठाघरमा उत्पादन हुने गरेको थियो ।