राहदानी बनाउने विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई कारबाही गर्न माग

काठमाडौं– राहदानी विभागले  राहदानी बनाउने विषयमा भ्रामक सूचना प्रवाह गर्नेलाई अनुसन्धान र कारबाही गर्न आग्रह गरेको छ । शुक्रबार प्रेस विज्ञप्ति निकालेर विभागले राहदानी बनाउने सम्बन्धमा विभिन्न सामाजिक सञ्जालहरूमा भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा साईबरहरूलाई समेत अनुसन्धान तथा कारवाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र साइबर ब्यूरोलाई अनुरोध गरेको जानकारी दिएको छ ।  […]

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मीसँग गरेको सम्झौताको अक्षरशः कार्यान्वयन गरियोस् : थापा

स्वास्थ्यकर्मीमाथि अस्पतालमा हुने आक्रमणकारीलाई कारबाही गर्ने सम्झौताको कार्यान्वयन गर्न कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले सरकारसँग माग गरेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तले कुट्ने तथा दुर्व्यवहारका घटना न्यूनीकरणका लागि सरकारले स्वास्थ्य क्षेत्रको सेवा प्रवाह क्षमता बढाउनुपर्ने पनि सांसद थापाको सुझाव छ ।

स्वास्थ्यकर्मीसँग गरेको सम्झौताको अक्षरशः कार्यान्वयन गरियोस् : थापा

स्वास्थ्यकर्मीमाथि अस्पतालमा हुने आक्रमणकारीलाई कारबाही गर्ने सम्झौताको कार्यान्वयन गर्न कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले सरकारसँग माग गरेका छन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तले कुट्ने तथा दुर्व्यवहारका घटना न्यूनीकरणका लागि सरकारले स्वास्थ्य क्षेत्रको सेवा प्रवाह क्षमता बढाउनुपर्ने पनि सांसद थापाको सुझाव छ ।

अर्थमन्त्री र गभर्नर बर्खास्तीको मुख्य माग राख्दै नेप्से अगाडी अनसन सुरु

अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई तत्काल बर्खास्त गर्नु पर्ने मुख्य माग सहित पूँजीवजार सुधार संघर्ष समितिले आमरण अनसन थालेको छ । समितिले नेपाल स्टक एक्सचेन्ज नेप्से अगाडी आमरण अनसन थालेको हो  ।बेलाबेलामा सम्बन्धीत निकाय र पदमा आसिन व्यक्तिहरुबाट प्रदर्शित हुने उदासिनता, गैरजिम्मेवारीपना र समग्र लगानीकर्ताको मनोभाव विपरितमा आउने विभिन्न निति तथा कार्यक्रमको विरुद्धमा केहीहप्तादेखि रिले अनसन, धर्ना प्रदर्शन लगायतका विभिन्न किसिमका विरोधका कार्यक्रमहरु सार्वजनिक गर्दा पनि गर्भनर लगायतका नियमनकारी निकायको जिम्मेवार तहमा बसेका व्यक्तिहरुबाट मागको कुनै पनि सुनुवाई नभएको भन्दै समितिले आमरण अनसन सुरु गरेको हो।समितिले अर्थमन्त्री र गभर्नर पुँजी बजार र समग्र अर्थतन्त्र विरोधी भएको भन्दै उनीहरुको बर्खास्तिलाई मुख्य मागको रुपमा अगाडी राखेको छ । त्यस्तै समितिले अन्य १८ वटा माग राखेको छ।सुरुमा  अनसन बस्न जाँदा प्रहरीले नेप्से प्राङ्गण निषेधित क्षेत्र भएकोले उनीहरुलाई पाल टाग्न दिएको थिएँन । प्रहरीएल अन्य वैकल्पिक स्थान छनौट गर्न आग्रह गरेको थियो । तर पछि उनीहरु नेप्सेको मूल गेट अगाडी नै अनसनमा बसेका हुन् ।  यस्ता छन् समितिले राखेका अन्य माग : १. आफ्नो अख्तियारीको दुरुपयोग गरी सुनियोजित रुपमा बजार घटाउनको लागि परिरहेका नीतिगत भ्रष्टाचारमा लिप्त गभर्नर माथि अनुसन्धान गरी कारवाहीको दायरमा ल्याउन छानबिन समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन पेश गरीकानून बमोजिम कारबाही गर ।२. अप्राकृतिक रुपमा तरलता घटाउन र Covid-19 को बेला अर्थतन्त्र ध्वस्त पार्न CCD Ratio खारेज गरी CD Ratio लगाई अबौं रुपैयाँ तरलता गायब गरी ब्याजदर आतर्क सिर्जना गरेको हुनाले तत्कालको CD Ratio खारेज गरी CCD Ratio नै कायम गर ।३. विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर, त्यतिबेला प्रस्तुत गरिएको ५८ बुंदै सहमतिलाई अक्षरांश पालना गर ।४. लघुवित्त कम्पनीहरुले २०% भन्दा माथिको बोनस शेयर वितरण गर्दा ५०% भन्दा माथिको रिजर्व राख्नुपर्ने अनुचित र अव्यवहारिक व्यवस्थालाई तत्काल खारेज गर । ५. १% बाट १.३% हुनेगरि बढाइएको असल कर्जा सम्बन्धी व्यवस्थालाई तत्काल संशोधन गरि १% नै कायम गर।६. बैंक तथा वित्तिय संस्थाहरुबाट शेयर धित्तोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा तोकिएको विद्यमान समयावधीलाई संशोधन गरि १२० दिनको औषत मुल्यकायम गर ।७ अरु क्षेत्रमा प्रवाह हुने कर्जा जस्तै शेयर कर्जालाई पनि Total Lending fundमा समावेश गर । ८. बैंक तथा वित्तिय संस्थाहरुले शेयर बजार मार्फत शेयर खरिद बिक्री गर्न रोक लगाउने गरिजारि गरिएको निर्देशन तत्काल खारेज गरि बैंक तथा वित्तय संस्थाहरुले पूँजी बजारमा लगानी गर्नुपाउने पुरानै व्यवस्था कायम गर।९. अत्याधिक र असमान ब्रोकर कमिसनलाई घटाएर ०.१०% अथवा Flat Rate मा झार।१०. बृहतआर्थिक चलखेल गरि साना लगानीकर्तालाई निरुत्साहित र बजारबाट बहिर्गमन गर्ने उदेश्यले ल्याउन लागिएको Book Building तत्काल खारेज गरि रु.१०० Par Value मा IPO जारि गर्ने व्यवस्थाकायम गर।११. ५० कित्ता भन्दाकम IPO को आवेदन दिननसकिने भन्ने किसिमको नयाएवम् कम पूँजी भएका लगानीकर्तालाई बजार प्रवेश गर्न नदिने चलखेललाई पूर्ण रुपमा रोक्न त्यसता कदम बन्द गर ।१२. मौलिक हक अन्तर्गतको सम्पत्तीको हकमाथि प्रहार गरि नेपाल राष्ट्रबैंकले मार्जीन प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको सिमालगाएको छ । मौद्रिक नितिमार्फत समग्र पूँजीबजारको विकासको बाधक बनेको यो व्यवस्था तुरुन्तखारेज गर ।१३. दिनहुँ रुपमा बढिरहेको पूँजीबजारको आकार र पूँजीबजार प्रतिको आकर्षणलाई मध्यनजर गरी सिमिति संख्यामा खोलिएका ब्रोकरको संख्या थप गर्नुको साथै बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय तत्काल कार्यान्वयन गर।१४. ब्रोकर कम्पनीहरुबाट हुने विभिन्न अनुचित कार्यहरु जस्तैः फोन नउठाउने, विक्रि गरेको शेयरको पैसा उचित समयमा नतिर्ने, समयमा खातामा शेयर नहाल्ने जस्ता गतिविधिहरुमाथि यथाशिघ नियन्त्रण गरियोस र यस्ता ब्रोकरहरुको ब्रोकर लाइसेन्स खारेज गर ।१५. FTI, FDI, र FPI लाई मन्त्रिपरिषद्बाट पास गराएर तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन व्यवस्था गर  ।१६. TMS मा Trading Time मा भैरहेको प्राविधिक समस्यालाई व्यवस्थित तरिकाले समाधान गर । ब्रोकरमा भईरहेको Display लाई तत्काल सुचारु गर ।

गुल्मीको सत्यवती र मुसिकोटमा राजमोको विरोध शभा

शंकरप्रसाद पोख्रेल, तम्घास । राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा विघटनको विरुद्ध गुल्मीका विभिन्न स्थानमा विरोध सभाको आयोजना गरेको छ । शुक्रबार रावजमोले सत्यवती र मुसिकोटमा विरोध सभा सम्पन्न गरेको हो । सत्यबती गाउँपालिकामा भएको विरोध सभालाई राजमोका केन्द्रीय सदस्य एवम् कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष तारा थापाले सम्बोधन गर्नुभएको थियो । त्यस क्रममा उहाँले प्रधानमन्त्री केपी ओलीले चालेका असंवैधानिक कदम सच्याउन माग गर्नुभयो । उहाँले प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्नेमा जोड दिँदै संघीयता खारेज हुनुपर्ने बताउनुभयो । नेत्री थापाले बलात्कार पछि हत्या गरिएकी किशोरी भागिरथी भट्टका बलात्कारी र हत्यारालाई छिटो पत्ता लगाएर कारबाही गर्न पनि माग गर्नुभयो ।   मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता रामकुमार क्षेत्रीले पनि सम्बोधन गर्नुभएको कार्यक्रममा नेकपा (मसाल) का जिल्ला प्रवक्ता ओमेन्द्र कुँवर, राजमो जिल्ला कोषाध्यक्ष टेकबहादुर केसी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य गुमान सिहं पुन,अखिल नेपाल युवक संघका खिम बुचा मगरलगायतको आतिथ्यता रहेको थियो । राजमो सत्यवती गाउँपालिका अध्यक्ष मित्रलाल तरामुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत कमल पुलामी र सन्चालन नेत्र रानाले गर्नुभएको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले विभिन्न प्रस्तुतीहरु दिएका थिए । त्यसैगरी मुसिकोटमा सम्पन्न विरोध सभालाई राजमो जिल्ला अध्यक्ष जीवन राना, सचिव छविलाल सर्तुङ्गी, राजमो नेताहरु हरि न्यौपाने, इस्वरी आचार्य, गोपाल नेपालीलगायतले सम्बोधन गर्नुभएको थियो । राष्ट्रिय जनमोर्चा मुसिकोट नगरपालिकाका अध्यक्ष भानुभक्त खरेलको अध्यक्षयता र अर्जुन परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय जनमोर्चा गुल्मीले फागुनमा पनि संगठन र संघर्ष अभियान संचालन गर्ने जनाएको छ ।

भारतमा मजदुरी गरिरहेका नेपाली दम्पतीले दुर्घटनामा गुमाए एक्लो सन्तान

खिमबहादुर विक, हैदरवाद । भारतको हैदरावादमा भएको सवारी दुर्घटनामा परी एक नेपाली युवक सहित दुई जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका पुरानो बटौली, फुलबारीका प्रेम मल्ल र मिनाका एक मात्र छोरा १९ वर्षीय विकास मल्लको यही फेब्रुअरी ७ तारिखका दिन सादनगरमा कारले ठक्कर दिँदा ज्यान गएको हो । विकास र उनका भारतीय साथी रमेश सवार मोटरसाइकललाई कारले ठक्कर दिएपछि विकासको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका रमेशको उसमानिया अस्पतालमा अर्को दिन ज्यान गएको हो । घटनास्थल हैदरावादबाट करिब ७० किलोमिटर टाढा पर्दछ । घटनाको खबर पाउनासाथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिले दोषीलाई कारबाही र मृतकका परिवारलाई उचित क्षतिपूर्तीका लागि पहल गरेको छ । मूल प्रवाहका केन्द्रीय सदस्य तथा क्षेत्रीय सचिव खिमबहादुर विक, क्षेत्रीय सदस्य रतनसिंह विकलगायत नेताहरु घटनास्थल सादनगर पुग्नुभएको थियो । त्यस क्रममा मूल प्रवाहको अगुवाईमा स्थानीयले दोषीलाई कारबाहीको माग सहित प्रदर्शनसमेत गरेका छन् । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही भइरेको जानकारी दिएको छ भने कार मालिकसँग भएको फोन सम्पर्कका क्रममा उनले आफू बाहिर रहेको जानकारी दिँदै घटनास्थलमा आएर उचित क्षतिपूर्ती दिने सहमति गरेपछि मृतक युवकहरुको दाहसंस्कार गरिएको छ । पुरानो घर बर्दियाको राजापुर भएपनि हाल बुटवल बस्दै आएका मृतकका बुबा प्रेम मल्ल र आमा मिना दुवै जना भारतमा सामान्य मजदुरी गर्नुहुन्छ । मजदुरी गर्न भारत आएका नेपाली दम्पतीले एक्लो सन्तान गुमाउनुपर्दाको पीडाप्रति मूल प्रवाह नेपाली एकता समाजले गहिरो दुःख प्रकट गर्दै आफन्तजनमा समवेदना व्यक्त गरेको छ । घटनाको थप अनुसन्धानका लागि स्थानीय प्रशासनलाई सहयोग गर्नुका साथै पीडितलाई क्षतिपुर्तीका लागि निरन्तर प्रयास गर्ने मूल प्रवाहले जनाएको छ ।