२६ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानमा बिभिन्न व्यक्तिमाथि निरन्तर व्यक्तिगत लान्छना र आरोपहरु लगाइरहेका छन् । महाअभियोग सिफारिस समितिमा आइतबार पनि उनको यो श्रृंखला रोकिएन । आइतबारको बयानका क्रममा उनले सर्वोच्च अदालतमा बहस गर्ने वरिष्ठ अधिवक्ताहरुको पनि नामै किटेर टिप्पणी गरे । जबराले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलाई ठालुको संज्ञा दिएका छन् […]