काठमाडौँ- नेकपा माओवादी केन्द्रले पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठलाई पार्टी निकट कानुन व्यवसायीहरूको संगठनको संयोजक बनाएको छ। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा श्रेष्ठ महान्यायाधिवक्ता थिए। माओवादी निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठनको संयोजकमा श्रेष्ठलाई पार्टीले चयन गरेको हो। माओवादीको बैठकले पूर्वमहान्यायाधिवक्ता श्रेष्ठलाई उक्त जिम्मेवारी दिएको हो।