नेप्सेमा राजनीतिक प्रभाव घटेको संकेत

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदेपछिका सबै सम्झौता च्यात्ने उद्घोष गरेको भोलिपल्ट आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करीब १३ अंकले घट्यो । एनेकपा माओवादी र नेप्सेबीच परस्पर विरोधी सम्बन्धलाई पुन: त्यसले प्रतिविम्बित गरेको छ । यद्यपि, सोमवार उल्लेखनीय रूपमा बढेको नेप्सेले लगानीकर्तामा रहेको मनोवैज्ञानिक त्रासलाई केही हदसम्म कम गरेको बुझ्न सकिन्छ । तर, मुलुकको अन्त्यहीन राजनीतिले अर्थतन्त्रलाई जुन गतिहीनता वा पश्चगमनको अवस्था ल्याएको छ, त्यसको प्रभाव नेप्सेमा  नपर्ने कुरै छैन ।  यति हुँदाहुँदै पनि मुलुकको अस्थिर राजनीति र गतिहीन अर्थतन्त्रलाई मात्र हेरेर शेयर लगानीकर्ताहरू डराउनुपर्ने अवस्था छैन । विगत केही समयदेखि नेप्सेमा जुन दिगो किसिमको वृद्धिको संकेत देखिएको छ, जुन रूपमा अहिले शेयरबजारमा लगानीकर्ताहरूको वृद्धि भएको देखिएको छ त्यसले नेप्से अझै बढ्ने आशा गर्न सकिन्छ । त्यसैले शेयरमा लगानी गर्न वा नयाँ लगानीकर्ताहरू बजारमा प्रवेश गर्नका लागि  यो उत्तम समय हो । शेयरबजार बढ्न वा घट्नमा मुलुकको राजनीतिक वातावरण, अर्थतन्त्रको अवस्थाका साथै मनोवैज्ञानिक र प्राविधिक कारणहरूको पनि हात रहेको हुन्छ । कुनै पनि शेयर परिसूचकको दिशा कस्तो हुन्छ भन्नेमा त्यस बजारमा कस्ता लगानीकर्ताहरू छन्, त्यसले पनि प्रभाव पार्छ ।  (सम्पादकीयबाट)  वर्ष ८, अंक १२५, मंगलवार, ९ माघ, २०६९  

सम्बन्धित सामग्री

नेप्सेमा राजनीतिक प्रभाव घटेको संकेत

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले १२ बुँदेपछिका सबै सम्झौता च्यात्ने उद्घोष गरेको भोलिपल्ट आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करीब १३ अंकले घट्यो । एनेकपा माओवादी र नेप्सेबीच परस्पर विरोधी सम्बन्धलाई पुन: त्यसले प्रतिविम्बित गरेको छ । यद्यपि, सोमवार उल्लेखनीय रूपमा बढेको नेप्सेले लगानीकर्तामा रहेको मनोवैज्ञानिक त्रासलाई केही हदसम्म कम गरेको बुझ्न सकिन्छ । तर, मुलुकको अन्त्यहीन राजनीतिले अर्थतन्त्रलाई जुन गतिहीनता वा पश्चगमनको अवस्था ल्याएको छ, त्यसको प्रभाव नेप्सेमा  नपर्ने कुरै छैन ।  यति हुँदाहुँदै पनि मुलुकको अस्थिर राजनीति र गतिहीन अर्थतन्त्रलाई मात्र हेरेर शेयर लगानीकर्ताहरू डराउनुपर्ने अवस्था छैन । विगत केही समयदेखि नेप्सेमा जुन दिगो किसिमको वृद्धिको संकेत देखिएको छ, जुन रूपमा अहिले शेयरबजारमा लगानीकर्ताहरूको वृद्धि भएको देखिएको छ त्यसले नेप्से अझै बढ्ने आशा गर्न सकिन्छ । त्यसैले शेयरमा लगानी गर्न वा नयाँ लगानीकर्ताहरू बजारमा प्रवेश गर्नका लागि  यो उत्तम समय हो । शेयरबजार बढ्न वा घट्नमा मुलुकको राजनीतिक वातावरण, अर्थतन्त्रको अवस्थाका साथै मनोवैज्ञानिक र प्राविधिक कारणहरूको पनि हात रहेको हुन्छ । कुनै पनि शेयर परिसूचकको दिशा कस्तो हुन्छ भन्नेमा त्यस बजारमा कस्ता लगानीकर्ताहरू छन्, त्यसले पनि प्रभाव पार्छ ।  (सम्पादकीयबाट)  वर्ष ८, अंक १२५, मंगलवार, ९ माघ, २०६९

भारु अवमूल्यनको संकेत : अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको प्रभाव

वीरगञ्जका अग्रज उद्यमी बाबुलाल चाचान स्मरण गर्दछन्– २०१७ सालअघिसम्म नेपाल र भारतबीच विनिमय दर अत्यन्तै अस्थिर थियो । एकै दिनमात्र होइन, त्यही दिनको फरक समयमा सटही दर बेग्लाबेग्लै हुन्थ्यो । त्यसमाथि मुख्य व्यापारिक केन्द्र वीरगञ्ज, विराटनगर, काठमाडौं ठाउँपिच्छे फरक दरमा कारोबार हुँदा व्यवसाय अस्थिर र एक प्रकारले अराजक थियो । अधिकांश व्यापार भारतसँग थियो । भारतसँगमात्रै होइन, आन्तरिक बजारमा समेत भारतीय रूपया (भारु) मै व्यापार हुने त्यसबेला अस्थिर विनिमय दरले व्यापारमा जोखिम उत्ति नै थियो । २०१५ सालको आमनिर्वाचनपछि नेपाली कांग्रेसको सरकार बनेको थियो । तत्कालीन अर्थमन्त्री थिए, सुवर्ण शमशेर राणा । व्यापारीहरूले अस्थिर विनिमयबाट व्यापारमा बढेको अन्योल र जोखिमबारे राणालाई जानकारीमात्र गराएनन्, भारुसँग नेपाली रूपैयाँ (नेरु) को स्थिर विनिमय दरका लागि पहल गरिदिन आग्रह गरे । भारतमा मुद्दती निक्षेपमा औसत ब्याजदर ७ प्रतिशत छ । ज्येष्ठ नागरिकको बचतमा बढीमा ८ प्रतिशतसम्म ब्याजदर छ । नेपालमा १२ प्रतिशतसम्म ब्याजदर पुर्‍याइनु भारु अवमूल्यनको कारण हुन सक्ने बलियो आधार देखिन्छ । तत्कालीन सरकारले २०१७ साल वैशाख १ गतेदेखि विनिमय दर स्थिर बनाउँदा १०० भारु लिन नेरु १६० तिर्नुपर्थ्यो। यो दर १७० सम्म पुग्यो । विगत ३० वर्ष (सन् १९९३) देखि औपचारिक सटही दर भारु १०० को नेरु १६० नै छ । अनौपचारिक दर फरक पर्छ । वर्षौंदेखि भारु १०० का लागि तोकिएको दरभन्दा ५ देखि १० रूपैयाँसम्म बढी रकम बुझाउनु परेकोमा बितेको २ महीनायता भारु सस्तिएको छ । सीमावर्ती क्षेत्रमात्र होइन, राजधानी काठमाडौं र मुख्य व्यापारिक केन्द्रहरूमा नेरु १५५ मै भारु १०० पाइएको छ । अनौपचारिक बजारमा भारु अवमूल्यनको संकेत के हो ? स्वदेशी अर्थतन्त्रमा यसले कस्तो असर पार्न सक्दछ ? के नेपाली मुद्रा भारुको तुलनामा बलियो हुने अवस्थामा पुगेकै हो त ? प्रश्न उठ्नु स्वाभाविक हो । कुनै वस्तुको मूल्य त्यसको माग र आपूर्तिमा निर्भर रहन्छ, अर्थशास्त्रको सामान्य सिद्धान्त यही भन्छ । २ महीनाअघिसम्म १०० भारु लिन १७० नेरु तिर्नु परेको थियो किनभने त्यतिबेला भारुको माग बढी थियो । अहिले भारुको अनौपचारिकमात्र होइन, औपचारिक सटही खस्किएको तथ्यांक छ । भारु सस्तिँदा हाम्रो अर्थतन्त्रलाई लाभ पुग्छ कि पुग्दैन भन्ने निष्कर्षमा पुग्नुअगाडि यसका कारण खोतल्नु वाञ्छनीय हुन्छ । भारुको मुख्य माग हुने क्षेत्र भनेको व्यापार हो । आज पनि नेपालको करीब ७० प्रतिशत वैदेशिक व्यापार र ९० प्रतिशत ढुवानी भारतमा निर्भर छ । भारतसँग व्यापारको अधिकांश भुक्तानी भारुमा हुन्छ । कोरोना महामारीयता वैश्विक व्यापार खुम्चिएको छ । आयातमा आधारित आपूर्ति व्यवस्थामा अडिएको नेपाल यसबाट बच्ने कुरै भएन । त्यसमाथि विदेशी मुद्रा सञ्चितिमा परेको दबाब सामना गर्न सरकारले आयातमा गरेको कडाइले वैदेशिक व्यापार ३२ प्रतिशतले खस्किएको तथ्यांक छ । यसले भारतसँगको व्यापारमा बढी प्रभाव पार्ने नै भयो । यसबाट भारुको माग घट्यो । हामीकहाँको भन्सार मूल्यांकन प्रणाली र त्यसबाट जोगिन व्यापारीहरूले न्यून वा अधिक बिजकीकरण भारुको अनधिकृत माग तथा आपूर्तिको मूल कडी हो । न्यून बिजकीकरण यति गम्भीर समस्या बनिसकेको छ कि जति रकम औपचारिक माध्यम (बैंक) बाट जान्छ, करीब त्यति नै रकम अनौपचारिक तरिका (हुण्डी)बाट बाहिरिन्छ । सीमावर्ती क्षेत्रबाट हुने अनधिकृत आयातको भुक्तानीसमेत हुण्डीबाटै हुन्छ । बजारमा माग खस्किँदा यस्तो कारोबारमा पनि कमी आउनु स्वाभाविक हो । व्यापारीहरूको भनाइ पत्याउने हो भने औपचारिकसँगै अनौपचारिक व्यापार र भुक्तानी दुवै समानान्तर रूपमा अघि बढेका हुन्छन् । वैदेशिक व्यापार घट्दा दुवै खालको भुक्तानीका लागि भारुको माग प्रभावित भयो । वैदेशिक व्यापार उकालो लाग्दा अनौपचारिक बजारमा  भारुको सटही दर उकालो लाग्नुको कारण यही हो । वर्षेनि ४ अर्ब अमेरिकी डलरबराबर विदेशी मुद्रा बेचेर भारु किन्ने नेपाल राष्ट्र बैंकले पनि भारु सटहीको माग निकै घटेको तथ्य बाहिर ल्याएको छ । नेपालमा भारु माग उच्च रहँदा हुण्डी कारोबारीले भारतमा सस्तैमा डलर बेचेर भए पनि भारु आपूर्ति गरेको अनुभव व्यापारीहरूको छ ।      नेपालमा बंैकहरूबीच निक्षेप तानातानको अवस्था भारु अवमूल्यनको कारण बन्न सक्छ । भारतमा मुद्दती निक्षेपमा औसत ब्याजदर ७ प्रतिशत छ । ज्येष्ठ नागरिकको बचतमा बढीमा ८ प्रतिशतसम्म ब्याजदर छ । नेपालमा १२प्रतिशतसम्म ब्याजदर पुर्‍याइनु भारु अवमूल्यनको कारण हुन सक्ने बलियो आधार देखिन्छ । भारतीयले नेपालमा रहेका आफन्तको नाममा खाता खोलेर निक्षेप जम्मा गर्दा नेरुको माग बढेको जानकारहरूको दाबीलाई अस्वीकार गरिहाल्नुपर्ने कारण छैन । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले निक्षेप ९ प्रतिशतले बढेको देखाएको छ । व्यापार व्यवसाय र उद्यम चौथाइमा खुम्चिएको छ । उद्योगी व्यापारीले तरलता अभावको सकस खेपिरहेका छन् । बजारमा पैसाको हाहाकार भएको अवस्थामा बैंकिङ प्रणालीमा बचत देखिनुले पनि यो आशंकालाई बलियो बनाएको छ । अर्को, नेपालबाट अनधिकृत रूपमा भारततर्फ जाने सुन भारु अवमूल्यनको कारण मानिएको छ । नेपालमा भित्रिने अधिकांश सुन भारतीय बजारमा पुग्ने आकलन गरिन्छ । भारतमा सुनको मूल्य अधिक हुनु र सुरक्षा निकायले बेलाबेलामा भारत निकासी हुन लागेको सुन बरामद गर्नुले पनि यो पक्षलाई बल पुर्‍याएको छ । भारतले सुन आयातमा गत वर्षदेखि नै कडाइ गरेको छ । भारतमा सुनमा समग्र कर १५ प्रतिशतको हाराहारी पुग्ने भएको छ । सन् २०२२ मा भारतमा ७०६ मेट्रिकटन सुन आयात भएको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । वर्षेनि २०० मेट्रिक टन अनधिकृत रूपमा भित्रिने अनुमान छ । अहिले विश्व व्यापारमा छाएको मन्दी, रुस–युक्रेन युद्धका कारण खुम्चिएको लगानीका विकल्पलगायतले सुन लगानीको सुरक्षित वस्तु बनेको छ । यसले सुनको अनधिकृत आयातनिर्यातको सम्भावनालाई बढाएको छ । भारतभन्दा नेपालमा सुन तोलामै १५ सय रूपैयाँसम्म सस्तो पर्ने भएपछि दुबई, टर्की, हङकङ, अष्ट्रेलियालगायतका देशबाट वैध/अवैध तरिकाले भित्रिएको सुन भारत पुग्ने घटनाक्रमले देखाएका छन् । विगतमा न्यून बिजकीकरणवापत अनधिकृत रूपमा दिनुपर्ने रकमको भुक्तानीसमेत सुनबाटै हुने गरेको चर्चा चलेको थियो । सुन तस्करीको भुक्तानी नेरुमै दिनुपर्ने बाध्यता पनि भारु अवमूल्यनको कारण मानिन्छ । यी परिदृश्यले अर्थतन्त्रलाई लाभ पुग्छ त ? अवश्य हुँदैन । यी सबै अनौपचारिक अवयवहरूमात्रै हुन् । यसको लाभ वा हानि दुवै अनधिकृत हुन्छन् । यसबाट अर्थतन्त्रका औपचारिक सरोकारमा सकरात्मक प्रभाव कदापि सम्भव छैन । हाम्रो आपूर्ति व्यवस्था पूर्ण रूपमा आयातको भरमा छ । यतिसम्म कि वर्षेनि ३ खर्ब रूपैयाँभन्दा बढीको त खाद्यान्न आयात हुन्छ । एउटा अदक्ष कामदारले विदेशबाट पठाएको विप्रेषणको पैसाले भित्र्याइएको खाद्यान्नदेखि लत्ताकपडाले यहाँ औसत परिवारको दैनिकी चलेको छ । त्यही आयातबाट आर्जित राजस्वबाट देशको खर्च धानिएको छ । यसैले अहिले आयात खुम्चिँदा सरकार अत्तालिएको छ । भारु आर्जनको माध्यम भारतीय पर्यटक हुन् तर सिमानामा भारु बोकेर आएका पर्यटन समस्यामा पर्छन् भने भारतीय पर्यटकले कति भारु ल्याउलान् ? निकासीको मुख्य गन्तव्य भारत नै हो तर निकासी व्यापार दयनीय छ । सिमेण्ट र डण्डी निकासीलाई प्रोत्साहन गरिने भने पनि उद्यमीमा उत्साह त परको कुरा, चासो छैन । प्रोत्साहनमा निजीक्षेत्र विश्वस्त छैन । वास्तविक उत्पादन र निकासी नीति नै छैन । भन्सार दर अन्तरमा टिकेको कृत्रिम निर्यातमा अल्पकालीन नाफा कमाउने उद्देश्यमात्र देखिएको छ, रणनीतिक उपाय छैन । अब कसरी मुद्रा बलियो हुन सक्ला ? यो प्रश्नको सापेक्ष समाधान मुद्रामात्र होइन, समग्र अर्थतन्त्र सबलीकरणको प्रस्थानबिन्दु बन्न सक्दछ ।

आयात प्रतिबन्धले अर्थतन्त्रमा सुधारकाे संकेत

काठमाडाैं । आयात प्रतिबन्धले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको देखिएको छ । पछिल्लो समय अर्थतन्त्रमा सामान्य सुधारको संकेत देखिएको हो । निरन्तर उकालो लाग्दै आएको मूल्यबृद्धिमा केही कमी आएको छ भने बाह्य क्षेत्रमा पनि सुधार आएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक बर्षको चौथो अर्थात् कात्तिक महिनासम्मको आर्थिक स्थितिमा केही सुुधारको संकेत देखिएको […]

नदोहोरियोस् ती डरलाग्दा दिनहरू!

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वव्यपी रुपमा संक्रामक रुप लिइरहँदा यसले नेपालमा पनि प्रभाव पार्न थालिसकेको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढ्नु नेपालको लागि खतराको संकेत हो।...

नदोहोरियोस् ती डरलाग्दा दिनहरू!

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वव्यपी रुपमा संक्रामक रुप लिइरहँदा यसले नेपालमा पनि प्रभाव पार्न थालिसकेको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढ्नु नेपालको लागि खतराको संकेत हो।...

अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने संकेत देखिन थाल्यो : अर्थविद्

अर्थविद्हरुले मुुलुकको अर्थतन्त्रमा गम्भीर संकट आउने गरी ओरालो लागेको बताएका छन् ।प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले गरेको छलफलमा उनीहरुले अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक देखिएकाले मुुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्न सक्ने संकेत देखिन थालेको बताएका हुन् । समितिको छलफलमा अर्थविद् डा.चन्द्रमणी अधिकारीले विश्व अर्थतन्त्रमा नै मन्दि आउने संकेत देखिएकाले त्यसको प्रभाव नेपालमा पनि परेको बताए । अर्थविद् […]

प्रधानन्यायाधीशमाथि महाभियोगको संकेत

काठमाडौं, ५ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दशैंमा विज्ञप्तिमार्फत् शुभकामना दिंदा उल्लेख गरेका वाक्यहरुमा आक्रोश मिसिएको थियो । उनले घुमाउरो तरिकाले कतिपय शक्तिलाई चेतावनी पनि दिएका थिए । २९ असोजमा जबराले दिएको शुभकामना सन्देशमा भनेका थिए,‘अनावश्यक रुपमा हुने आशंका वा टीकाटिप्पणीबाट न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्नसक्नेतर्फ संवेदनशील रहन हार्दिकतापूर्वक अनुरोध गर्दै आसन्न […]

‘हिमालमा मनसुन उक्लनु खतराको संकेत हो’

मनसुनको नगन्य प्रभाव मात्रै रहने हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा यो वर्ष मनसुनको सुरुमै पानी पर्‍यो । मनाङ, मुस्ताङलाई पानी नपर्ने जिल्लाका रुपमा लिइन्छ ।  मनसुनी वर्षा मात्र हैन मनाङ, मुस्ताङ, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो जनधनको क्षति भयो । मनसुनको सुरुवातमै उच्च हिमाली क्षेत्रमा धेरै पानी परेको यो नेपालका लागि सम्भवतः पहिलो घटना हो । यसले हिमाली जिल्लामा क्षतिको जोखिम बढाएको छ । मनसुनको सुरुमै हिमाली क्षेत्रमा मनसुन पुग्नु र यसले पार्ने प्रभावका बारेमा साथी भोजेन्द्र बस्नेतले जलवायु तथा मौसम ...

प्रदेशसभा विघटन हुनसक्ने मन्त्री तुम्बाहाङ्फेको संकेत

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान अनुसार प्रदेशसभा समेत विघटन हुनसक्ने संकेत गरेकी छन् । विराटनगरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाङ्फेले प्रदेशसभा र सरकारका क्षेत्राधिकार, ऐन र नियमावली भएको बताउँदै त्यसमा राष्ट्रिय राजनीतिको प्रभाव पर्न सक्ने बताइन् । यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भइसकेको छ । मन्त्री तुम्बाहाङ्फे वर्तमान सरकारले जनताको स्वास्थ्य सुरक्षा प्रमुख दायित्वमा राखी आवश्यक बजेट विनियोजन गरेको बताइन् । उनले मौलिक हकसम्बन्...