मनसुनको नगन्य प्रभाव मात्रै रहने हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा यो वर्ष मनसुनको सुरुमै पानी पर्यो । मनाङ, मुस्ताङलाई पानी नपर्ने जिल्लाका रुपमा लिइन्छ । मनसुनी वर्षा मात्र हैन मनाङ, मुस्ताङ, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो जनधनको क्षति भयो । मनसुनको सुरुवातमै उच्च हिमाली क्षेत्रमा धेरै पानी परेको यो नेपालका लागि सम्भवतः पहिलो घटना हो । यसले हिमाली जिल्लामा क्षतिको जोखिम बढाएको छ । मनसुनको सुरुमै हिमाली क्षेत्रमा मनसुन पुग्नु र यसले पार्ने प्रभावका बारेमा साथी भोजेन्द्र बस्नेतले जलवायु तथा मौसम ...