प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रभाव धितोपत्र बजारमा, झण्डै १ सय अंकको गिरावट

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आइतबार प्रतिनिधिसभामा महाभियोग दर्ता भएसँगै यसको प्रभाव धितोपत्र बजार (नेप्से) मा समेत परेको छ । यसैदिन खुलेको बजारमा १२ देखि साढे १ बजेसम्ममा झण्डै एकसय अंकले बजार खस्किएको छ ।यो समाचार तयार पार्दासम्म अर्थात् १२ : ३० बजेसम्ममा नेप्से अधिकतम ८२.६४ अंकले घटेर २७ सय १८.९२ बिन्दुमा ओर्लिसकेको छ । यद्यपि, यो अंकको केही सुधार हुने संकेत पनि देखिन्छ । तर, बजार खुलेको एक–दुई घण्टाभित्रै ३ प्रतिशतको परिवर्तन देखिनुले लगानीकर्ताहरु पेनिक हुन पुगेका छ