पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने बाटो खोलिदिएको छ । बिहीबार बसेको परिषद्को बैठकले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप परिमार्जन गरी गणितको समस्या समाधान गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
अब कक्षा ११ देखि नै विद्यार्थीले सामाजिक वा गणित दुवैमध्ये एउटा पढ्न पाउने बैठकले सहमति गरेको केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले बताए । यसअघि तयार पारिएको नयाँ पाठ्यक्रमले कक्षा ११ बाटै गणित विषय अध्ययनको प्रावधान हटाएर सामाजिक अध्ययन तथा जीवनपयोगी शिक्षा अध्ययनको व्यवस्था गरेको थ...