संघबाट प्रदेश र स्थानीय तहमा पठाइने गरिएको अनुदानबारे अध्ययन गरिने भएको छ । यी दुई तहमा संघले समानीकरण, सशर्त, विशेष र समपूरक गरी चार प्रकारका अनुदान पठाउने गरेको छ । यसरी पठाउने गरिएको अनुदानबारे राष्ट्रिय योजना आयोगले तत्कालै अध्ययन अघि बढाउने भएको हो । आयोग बैठकले अनुदान सञ्चालनको समग्र अवस्थाको अध्ययन निम्ति निर्णय गरेको हो । अनुदान परिचालन संवैधानिक प्रावधान र अन्तर्राष्ट्रिय अभ्यासअनुसार भए÷नभएको विषयसम्म अध्ययन हुने आयोगले जानकारी दिएको छ । साथै, तीनै तहका सरकारले गर्दै आएको ब