सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश दीपककुमार कार्कीको इजलासले बुधवार कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । त्यसका साथै दुवै पक्षलाई माघ ३ गते छलफलका लागि बोलाइएको छ ।