सिलवाललाई राखेप सदस्य सचिवबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले कारण देखाऊसहित अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सिलवाललाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । सरकारले राखेपमा नयाँ सदस्य सचिव चयन गरिसकेपछि सर्वोच्चको अन्तरिम आदेश आएको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषदको बैठकबाट मंसिर १३ गते टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । सर्वोच्चले विपक्षी (सरकार)का नाममा कारण ...