प्रत्येक वर्ष फेब्रुअरी २१ मा अन्तर्राष्ट्रिय मातृभाषा दिवसलाई सन्दर्भ पारेर नेपाल प्रज्ञा प्रतिष्ठान, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगायतले मातृभाषासम्बन्धी विविध कार्यक्रम गर्दै आएका छन् । भाषा आयोग, युनेस्को, बङ्गलादेशको राजदूतावास लगायतले मातृभाषा दिवसमा सहकार्य गर्दै आएका छन् ।नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा (व्याकरण तथा शब्दकोश) विभागका प्रमुख प्राज्ञ योगेन्द्र यादवका अनुसार अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष दुई दिने कार्यक्रम गर्छ ।