झापा : इलामको चुलाचुली गाउँपालिका वडा नम्बर १ कार्यालयमा लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइएको छ।वडा कार्यालयले सोमबार घोषणा सभा गरी लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याएको वडाध्यक्ष पूर्ण लावतीले जानकारी दिए। लिम्बू बाहुल बसोबास रहेको यस वडाले वडाभित्रका सरकारी कार्यालयमा लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजी भाषाको रुपमा मान्यता दिएको उनले बताए।लिम्बू भाषा र किरात सिरिजंगा लिपिलाई सरकारी कामकाजको भाषा