धितोपत्र बोर्डका अध्यक्षसहितको टोलीबाट भारतीय पुँजी बजारको अध्ययन भ्रमण सम्पन्न भएको छ । भारतीय पुँजी बजारको नियामक निकाय सेक्युरिटी एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी) को निमन्त्रणा बोर्डका अध्यक्ष रमेश कुमार हमालको नेतृत्वको टोलीले असार २७ देखि ३१ सम्म अध्ययन भ्रमण गरेको हो । भ्रमणका क्रममा बोर्डका पदाधिकारीहरुले सेबी, बम्बई स्टक एक्सचेञ्ज(बि.एस.इ), नेशनल इन्स्टिच्युट अफ सेक्युरिटी मार्केटस(एन.आइ.एस.एम) र मल्टी कमोडिटी एक्सचेज अफ इण्डिया(एम.सि.एक्स.) का उच्च पदाधिकारीसँग भेटघाट तथा छलफल