पुँजीबजारबारेको भनाई सच्याउन प्रचण्डलाई विवेकशील साझाको आग्रह, भन्यो 'अल्पज्ञान र सङ्कुचित सोचाइ'

विवेकशील साझा पार्टीले पुँजी बजारबारे पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण भएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेको छ । अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको हो ।पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै प्रचण्डको अभिव्यक्ति पूर्णतः गैह्र जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेकोले  पार्टीले त्यसप्रति खेद व्यक्त गरेको उल्लेख गरेका छन्। आफ्नो भनाई तत्काल सच्याउन र आइन्दा संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुन पार्टीले दाहाललाई सुझाव दिएको दिएको छ। विज्ञप्तिमा भनिएको छ 'विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालयसमेतको नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै 'धितोपत्र बोर्ड: साम्राज्यवादको विकसित रूप' भनी दिनुभएको अभिव्यक्ति पूर्णतः गैह्र जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै विवेकशील साझा पार्टी त्यसप्रति खेद व्यक्त गर्दछ। पुँजी बजारका विषयमा वामपन्थी अझ खास गरी माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको छ। आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी शेयर बजारलाई जुवा घर करार गर्नेदेखि साम्राज्यवादको विकसित रूपको संज्ञा दिने कार्य उच्च राजनीतिक नेतृत्वमा रहेको अल्पज्ञान र सङ्कुचित सोचाइको उपज हो।'पुँजी बजार कुनै बाह्य प्रभावविना आफ्नै लय र गतिमा चलायमान हुनु पर्ने तथा बजार दुर्घटनामा पर्‍यो भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्छ र अर्थतन्त्र दुष्चक्रमा फस्न जाने पार्टीले उल्लेख गरेको छ।  त्यस्तै पार्टीले धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष र स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न माग गरेको छ । विज्ञप्तिमा भनिएको छ 'त्यसै गरी, पुँजी बजारलाई नियमन गर्ने निकायहरू लामो समय नेतृत्वविहीन रहँदा नीतिगत कामकारबाही अलपत्र परेको छ भने बजारले उनीहरूबाट प्राप्त गर्ने ढाडस पाउन सकेको छैन। धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष र स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न विवेकशील साझा पार्टी सरकारसँग माग गर्दछ।'

सम्बन्धित सामग्री

देउवा र दाहालले 'सहसचिव'को स्तरमा झरेर एमसीसीलाई पत्र लेखे : रवीन्द्र मिश्र

काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देश गम्भीर संकटतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् । देशका बहालवाला र भूतपूर्व प्रधानमन्त्री 'सहसचिव'को स्तरमा झरेर विदेशीलाई पत्र लेखेको भन्दै उनले टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसिसील…

देउवा र दाहालले 'सहसचिव'को स्तरमा झरेर एमसीसीलाई पत्र लेखे : रवीन्द्र मिश्र

काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देश गम्भीर संकटतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् । देशका बहालवाला र भूतपूर्व प्रधानमन्त्री 'सहसचिव'को स्तरमा झरेर विदेशीलाई पत्र लेखेको भन्दै उनले टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमसिसील…

प्रचण्डको प्रतिवेदन १९औँ शताब्दीमै अल्झिएको मिलन पाण्डेको टिप्पणी

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंमा जारी ८ औं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन १९औँ शताब्दीमै अल्झिएको टिप्पणी गरेका छन । उनले प्रचण्डको ...

पुँजी बजारबारे प्रचण्डको अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीको आपत्ति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुँजीबजार ‘साम्राज्यवादको विकसित रूप’ भनेर दिएको अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ । पार्टी प्रवक्ता शरदराज पाठकले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘विगतमा २ पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्...

संसद पुनर्स्थापनाको खुसीयालीमा दीप प्रज्वलन

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ। विवेकशील साझा पार्टी, नेविसंघ र युवा संघले माइतीघर मण्डलामा र प्रचण्ड-नेपाल नेतृत्वको विद्यार्थी संगठनले मंगलबार साँझ दीप प्रज्वल गरेका हुन्। तस्बिर : नारायण महर्जन

सडकमा ‘निर्दलीय’ नयाँ पुस्ता

२४, माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडकमा विभिन्न पक्षबाट आन्दोलन भइरहेका छन् । नेपाली कांग्रेस, नेकपाको प्रचण्ड-माधव समूह र विवेकशील साझा पार्टी मात्र सरकारको विरोधमा छैनन्, कुनै पार्टीमा आवद्ध नभएका नयाँ पुस्ताका …

सभामुखले प्रतिनिधिसभा बैठक बोलाउनुपर्छः रवीन्द्र मिश्र

२२ पुस, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउनु पर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहद्वारा मंगलबार काठमाडौंमा आयोजित अन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा बोल्दै मिश्रले यस्तो धारणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुस गरेको संसद विघटन संविधानसम्मत् नभएकाले […]

अदालतले ओलीको निर्णय बदर गर्नु उत्तम विकल्प : रविन्द्र मिश्र

काठमाडौं : विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले उल्टाउनु नै सबैभन्दा उत्तम विकल्प रहेको बताएका छन्। राजनीतिक दलहरुले अदालतमा पनि भागबण्डा गरेकोले अहिले न्यायालयमाथि नै शंका गर्नुपरेको उनको भनाइ थियो। बानेश्वरमा नेकपाको प्रचण्ड-नेपाल समूहद्वारा आयोजित छलफलमा उनले प्रतिनिधिसभा विघटनपछि तीन वटा विकल्प रहेको बताएका हुन्। पहिलो विकल्पका…

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन : सभामुख

१६ पुस, काठमाडौं । सभामुख अग्नि सापकोटाले अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन् । नेकपा (प्रचण्ड–माधव समूह) को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघ, जनता समाजवादी सम्बद्ध समाजवादी महिला संघ र विवेकशिल साझा पार्टी सम्बद्ध विवेकशील साझा महिलाको संयुक्त ज्ञापनपत्र बुझ्दै […]

प्रचण्ड निवासमा मत माग्न पुगे विवेकशील साझाका उज्वल थापा

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार उज्वल थापाको चुनावी अभियान जारी रहेको छ ।