नेपालमा पुँजी बजार विकास हुन नियामक स्वायत्त हुनुपर्छ : अध्यक्ष हमाल

नेपाल  धितोपत्र बोर्डका  अध्यक्ष रमेश कुमार हमालले पुँजी बजारको विकासका लागि नियामक निकाय स्वायत्त हुनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकर समाज (सेजन) ले आयोजना गरेको ‘पुँजीबजारको विकास सम्बन्धी नीतिगत बहस कार्यक्रममा हमालले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) स्वायत्त हुनुपर्ने बताए । त्यसको लागि अर्थ मन्त्रालयसँग कुरा भइरहेको उनको भनाइ छ ।‘सेयर बजारको विकास विस्तारका लागि धितोपत्र बोर्ड, नेप्से स्वायत्त हुनैपर्छ, त्यो अहिले सम्भावना देखिँदैन, संसारका सबै निय