मोरङ : मोरङको लेटाङ नगरपालिकामा स्थिति सामान्य बन्न थालेपछि भोलि बिहान ६ बजेदेखि निषेधाज्ञा हटाउने निर्णय भएको छ।जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले नगरपालिकाको चौतर्फी अध्ययनपछि निषेधाज्ञा हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।तनावग्रस्त क्षेत्रमा आज बेलुका ६ बजेदेखि भोलि बिहानसम्मको निषेधाज्ञा भने कायमै छ। विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न जाँदा भएको झडपमा एकजना महिला प्रहरीको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको थियो।नेपाल