शेयर बजार मापक नेप्से परिसूचक आइतवार ४०.५७ अंकले घटेको छ ।
साताको पहिलो दिन नेप्से १.४१ प्रतिशतले घटेर २८३६.१७ बिन्दुमा आएको छ । बजार घटेको भए पनि शेयर बजारमा पाँच अर्ब ८३ करोड ६४ लाख रूपैयाँको कारोबार भएको छ ।
कारोबार भएकामध्ये २२८ कम्पनीको एक करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर ७३ हजार १९२ पटक कारोबार भएको छ ।
शेयर बजारमा सबै समूहको सूचक घटेको छ । बजार घटेको दिन नेपाल हाइड्रो डेपलपर्सका लगानीकर्ताले भने कमाएका छन् ।
यसका लगानीकर्ताले ८ प्रतिशतले कमाएका छन् भने एनआरएन इन्फ्...