साताको चौथो दिन बुधवार शेयर बजार ९.९४ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ०.३८ प्रतिशतले बढ्दा शेयर बजार २६११.४५ विन्दुमा पुगेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक पनि १.४७ अंकले बढ्दै ४७५.०० विन्दुमा पुगेको छ ।
कारोबारको शुरूवाती समयदेखि नै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य सर्किट लेभलसम्म पुगेको थियो । उसले अन्तिमसम्ममा पनि सो लेभल कायम नै गरेको छ ।
इन्फ्रास्ट्रक्चर बैंकसँगै अन्य ३ कम्पनीको शेयर मूल्य पनि बुधवार उच्च वृद्धि भएको छ । अन्तिम समयमा इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य ९.९६ प्रतिशतले बढ्दै ४ स...