सरकारले अनुमतिबिना जग्गा प्लटिङमा रोक लगाए पनि जग्गा व्यवसायीले आफूखुसी त्यो काम गरिरहेको पाइएको छ । भिरालो जग्गामा जथाभावी डोजर लगाइएको छ । खोला, राजकुलो अनि सडकको ख्याल नगरी सार्वजनिक/पर्ती जग्गा अतिक्रमण गरेर आफूखुसी रूपमा जग्गा व्यापारीले प्लानिङ गरिरहेका छन् । जिल्लाको चाँगुनारायण नगरका नौ वटै वडाका डाँडा र भिरालो जग्गाको उत्खनन भइरहेको छ ।