काठमाडौं : बेलायतले कोरोनाविरुद्ध चीनले उत्पादन गरेको सिनोभ्याक र सिनोफार्म तथा भारतको कोभ्याक्सीन खोपलाई मान्यता दिने भएको छ। विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगको अनुमति दिएका खोपहरुलाई बेलायतले पनि मान्यता दिने भएको हो। खोपलाई मान्यता दिएसँगै यी खोप लगाउने व्यक्तिलाई बेलायतले भिसा दिने छ। आगामी २२ नोभेम्बरमा बेलायतले यी खोपहरुलाई मान्यता दिने निर्णय लागू गर्ने भएको छ। त्यसपछि खोप भिसाका कारण समस्यामा परेका व्यक्तिहरुलाई राहत मिल्नेछ। बेलायतको यातायात विभागले यात्रा सम्