भारतीय सीमामा पुगेका चिनियाँ सैनिकलाई तत्कालै मुक्त गर्न चीनको आग्रह

शुक्रवार भारतीय सीमामा प्रवेश गरेका एक चिनियाँ सैनिकलाई भारतीय सेनाले पक्राउ गरेको छ । उक्त सैनिकलाई तत्कालै फिर्ता गर्न चीनले माग गरेको छ ।  पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा पार गरेर भारतीय सीमामा उक्त चिनियाँ सैनिक आइपुगेका थिए । उनलाई पांगोङ तालको दक्षिणी तटमा भारतीय सेनाले पक्राउ गरेको हो ।  भारत र चीन दुवैले वास्तविक नियन्त्रण रेखामा ठूलो संख्यामा सैनिक तैनाथ गरेका छन् । गत मे महिनादेखि त्यस क्षेत्रमा दुई देशबीचको तनाव जारी छ ।  आफ्नो एक सैनिक भूलवश सीमाक्षेत्रमा हराएको र भारतमा पुग...