राष्ट्रपतिद्वारा चिनियाँ र भारतीय समकक्षीसँग कोभिड भ्याक्सिनका लागि आग्रह

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग मौखिक र भारतीय समकक्षीसँग पत्राचारमार्फत कोभिड भ्याक्सिनका लागि आग्रह गरेकी छिन्। राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालका अनुसार उनले चिनियाँ समकक्षी सि जिनपिङसँग झन्डै एक घन्टा फोनवार्ता गरेकी थिइन् भने भारतीय राष्ट्रपति रामनाथ कोबिंदलाई पत्र लेखेर आग्रह गरेकी हुन्। उनले दुवै छिमेकी देशका समकक्षीसँग कोभिड महामारी विरूद्ध एकजुट हुन आब्हान गरेकी छिन्।

सम्बन्धित सामग्री

चीनको अघोषित नाकाबन्दीः नेपाली व्यवसायीका १ हजार कन्टेनर रोकिए

चिनियाँ कठोर नीतिका कारण नेपाली व्यवसायी समस्यामा परेका छन् । नेपाली व्यवसायीले दशैँ तथा तिहारका लागि चीनबाट झिकाएका सामान बोकेका कन्टेनरहरु सीमापारी नै रोकिएपछि नेपाली व्यवसायी मर्कामा परेका हुन् । १ हजारभन्दा धेरै कन्टेनरहरु चिनियाँ नाकामा रोकिएका छन् । तर, चिनियाँ पक्षले भने दिनको बढीमा १० वटा कन्टेनर मात्रै पठाउँदै आएको छ । जसका कारण अर्बौ लगानी गरेर व्यवसायीले मगाएका मालबस्तु अब दशैँमा बिक्रि नहुने पक्का भएको हो ।तातोपानी नाकाबाट दैनिक १० कन्टेनर सामान आयात हुँदै आएको छ । यो अत्यन्त न्यून हो । रसुवाबाट त झन दैनिक ९ कन्टेनर बढी आयात हुनै सकेको छैन । तातोपानी र रसुवागढी नाकामा नेपालीको आवतजावतमा अघोषित प्रतिबन्धका कारण पनि नेपाली व्यवसायीहरु हरेक वर्ष समस्यामा पर्दै आएका छन् । सधैं समस्यामा व्यापारीकोभिड–१९ को कारण देखाएर नेपाल आयात हुने कन्टेनरको संख्या दैनिक १० भन्दा बढी गर्न चीन तयार छैन । चीनको यो कठोर नीति पुनरावलोकनका लागि नेपाल सरकारले स्पष्ट मागसहित वार्तामा बस्न नसक्दा समस्या सिर्जना भएको हिमालय सीमापार वाणिज्य संघका पदाधिकारीहरु बताउँछन् ।सीमित कन्टेनरबाट मात्रै आयात हुँदा दशैँका लागि झिकाईएका सामाना काठमाडौँ आईपुग्दा मंसिर लाग्ने भएकाले आफूहरुको उत्तरी नाका प्रतिको विश्वास गुम्दै गएको व्यवसायीहरुको गुनासो छ । चीनतर्फ निर्यात गर्ने नेपाली व्यवसायीहरु अहिले पलायन भएका छन् । आयात गर्ने व्यवसायीहरु पनि चिनियाँ नाका छोडेर भारतीय नाकातर्फ ‘डाइभर्ट’ हुनु परेको छ ।नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठ पनि आवागमन सहज बनाउन पहल गरिदिन आग्रह गर्दै आफूहरु ज्ञापनपत्र बोकेर प्रधानमन्त्री कार्यालय, पराराष्ट्र मन्त्रालयको कार्यालय, उद्योग मन्त्रालयको ढोकाढोका धाउन थालेको महिनौँ भएपनि कतैबाट कुनै पहल नभएको बताउँछन् ।‘सदनमा ८ वटा १० वटा कन्टेनर छाडेर कति दिनमा काठमाडौँ सामान आइपुग्छ ? यता व्यवसायीहरु बैंकको ब्याज, गोदाम भाडा र कर्मचारी तलब तिर्दा तिर्दा कंगाल भएर पलायन भईसके, सामान अझै उतै छ’ उनी भन्छन् ।