भारत र चीनबीच फेरि भिडन्त, २० चिनियाँ र चार भारतीय सैनिक घाइते

काठमाडौं । चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको स्रोतलाई उद्धृत गर्दै इन्डिया टुडेले जनाएको छ । सो झडप नाकुला क्षेत्रमा भएको बताएको छ। भारतीय पक्षले चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेको र उनीहरुलाई सो स्थानबाट हटाउन भारतीय सेना सफल भएको दाबी गरिएको छ । सो सङ्घर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बीबीसीले जनाएको छ । अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ । गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन् । भारत र चीनबीच संसारकै सबैभन्दा लामो विवादित सीमा रहेको छ ।

सम्बन्धित सामग्री

अरुणाचल सीमामा भारतीय र चिनियाँ सैनिकबीच झडप

भारत र चीनका सैनिकबीच सीमा क्षेत्रमा शुक्रबार राति पुन: झडप भएको छ । भारतीय सञ्चारमाध्यमहरुले यसपटकको झडप पूर्वतर्फको अरुणाचल प्रदेशस्थित सीमा क्षेत्रमा भएको बताएका छन् । झडपमा केही भारतीय सैनिक घाइते भएको बताइएको छ ।