मनाङमा सेनाको एमआई–१७ हेलिकप्टरबाट ३५ जनाको उद्धार

काठमाडौं। नेपाली सेनाको एमआई–१७ हेलिकप्टरबाट मनाङका बाढी तथा पहिरो प्रभावित ३५ जनाको उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको छ। मनाङको चामेस्थित सिरनताल ईलाकाबाट२४ जना तथा थोंचे ईलाकाबाट ११ जना गरी जम्मा३५ जनाको उद्धार गरिएको सेनाले जनाएको छ। यस्तै सेनाले पहिरोले क्षति पु¥याएका मुस्ताङको घबरजंग गाउँपालिका–५ र गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–२ का स्थानियहरुको घरमा पनि उद्धार कार्य गरेको छ।

सम्बन्धित सामग्री

मनाङमा लेक लागेर बिरामी भएका २ जनाको उद्धार

हिमाली जिल्ला मनाङमा लेक लागेर बिरामी भएका २ जनालाई मनाङ प्रहरीले उद्धार गरेको छ । लमजुङको दूधपोखरी गाउँपालिका १, गैरीगाउँ घर भएका अन्दाजी १९ वर्षका कोप्रसाद गुरुङ र झापाको बिर्तामोड नगरपालिका ५ घर भएका अन्दाजी ३३ वर्षीय ईन्जिनियर पदम अधिकारीलाई उद्धार गरिएको हो ।

मनाङबाट ८२ जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार

मनाङ - मनाङबाट ८२ जना पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण अलपत्र परेर सम्पर्कमा आएका ७३ जना विदेशी र नौ जना आन्तरिक पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । बाढीपहिराेले गर्दा सडकमार्ग बन्द भएकाले अलपत्र परेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको उहाँले बताउनुभयो । गएको मङ्गलवारदेखि परेको अविरल वर्षाका कारण मनाङको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो । मनाङमा पहिलोपटक एकैदिनमा १ सय २० पटक हेलि...

मनाङमा ३ दिनदेखि फसेका ३५ जनाको उद्धार

हिमालपारी मनाङमा बाढी र पहिरोका कारण तिनदिन अघिदेखि फसेका ३५ जनाको हेलिकप्टरमार्फत् उद्धार भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत् मनाङको सिरानतालका २४ जना र थोंचेको गुम्बामा फसेका ११ जनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका हुन् । मौसममा आएको खराबीका कारण विगत तिन दिनदेखि मनाङ बाढी र पहिरोमा फसेका नागरिकलाई उद्धार गर्न […]

मनाङमा चारदिनपछि उद्धार सुरु (फोटोसहित)

भीषण वर्षापछिको बाढीले क्षतविक्षत पु¥याएको मनाङमा चारदिनपछि बल्ल राहत सहितको टिम पुग्न सफल भएको छ । बुधबार नै सेनाको हेलिकोप्टरमा उद्धार र राहत टिम मनाङ जाने भनिएपनि मौसम खराबीले हेलिकप्टर जान सकेको थिएन ।

सेनाको हेलिकप्टर मनाङमा, बाढीकाे जोखिममा रहेकाहरूको उद्धार गरिँदै

काठमाण्डाै – बाढीबाट प्रभावित मनाङमा पुगेको सेनाको हेलिकोप्टरले जोखिममा रहेकाहरूको उद्धार गर्न थालेको छ । बिहीवार बिहान काठमाण्डौदेखि गएको एउटा हेलिकप्टरमार्फत उद्धार थालिएकाे मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । बिहान ताल गाउँका २४ जनाको उद्धार गरिएको छ । बाढी आएपछि ढिस्कोमा बस्दै आएका उनीहरूको उद्धार गरिएको हो । उनीहरूलाई अहिले सुरक्षित ठाउँमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताउनुभयो । सेनाकाे हेलिकप्टरमार्फत अन्य जोखिमयुक्त ठाउँ...

मनाङमा हेलिकप्टरमार्फत पुर्‍याइयो राहत सामग्री

पोखरा। हिमाल पारीको जिल्ला मनाङका बाढीपहिरो पीडित परिवारका लागि हेलिकप्टरबाट राहत सामग्री लगिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले हेलिकप्टरमार्फत ती सामग्री मनाङ पु¥याएको सरकारका प्रवक्ता कुमार खड्काले बताए। मुख्यमन्त्री पोखरेलले तत्काल उद्धार एवम् सहयोगमा लाग्न र वर्षाका कारण अवरुद्ध मनाङ जोड्ने सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनसमेत निर्देशन दिए।

विपदमा खटिन केन्द्रको आदेश पर्खनु पर्दैनः सेना

नेपाली सेनाले सिन्धुपाल्चोक र मनाङमा बाढीपहिरोका जोखिममा परेका नागरिकलाई उद्धार गरेको छ।

मनाङमा रोकिएका विदेशी पर्यटकको उद्धार

मनाङ। कोरोना महामारीका कारण मनाङमा रोकिएका पर्यटकलाई उद्धार गरिएको छ। अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको खोजी गर्दै फिर्ता पठाउने गरिएको छ।अन्नपूर्ण संरक्षण क्षेत्रको तथ्याङ्कमा जिल्लाभित्र २२ विदेशी नागरिक रहेका र उनीहरूलाई फिर्ता पठाउने काम भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए। हालसम्म १० पर्यटकलाई उद्धार गरिएको छ भने अन्यलाई फिर्ता पठाउने काम भइरहेको छ।

मनाङमा रोकिएका विदेशी पर्यटकको गरियो उद्धार

जेठ ३, मनाङ । नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण  हिमालपारिको जिल्ला मनाङमा रोकिएर रहेका पर्यटकलाई उद्धार गरिएको छ । महामारीले जिल्लामा संक्रमितको संख्या बढ्दै गएका बेला अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको खोजी गर्दै फिर्ता पठाउने गरिएको छ । केही दिनअघि मात्रै जिल्लाभित्र विभिन्न देशका पर्यटक रोकिएको जानकारी पाएसँगै जिल्ला प्रशासन कार्यालयले उनीहरूको खोजी कार्य थालेको थियो । कुन ठाउँमा कति पर्यटक छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने सम्बन्धमा अन्नपूर्ण संरक्षण क्षेत्रसँग पर्यटकको तथ्यांक लिइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए ।  उनका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्रको तथ्यांकमा जिल्लाभित्र २२ विदेशी नागरिक रहेका र उनीहरूलाई फिर्ता पठाउने काम भइरहेको उनले जानकारी दिए । हालसम्म २२ मध्ये १० पर्यटकलाई उद्धार गरिएको छ भने अन्य बाँकी पनि फिर्ता पठाउने काम भइरहेको छ ।  अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र अन्नपूर्ण संरक्षण क्षेत्रको  समन्वयमा ङिस्याङ गाउँपालिकाबाट पाँचजना  फिस्टेल एयरबाट काठमाडौं तथा पाँच जनालाई बलेरो जीपबाट पोखरा पठाइएको हो । ङिस्याङ गाउँपालिकाको गाउँमा १४, खाङ्सार तिलिचो बेसक्याम्पमा चार, ङावोलगाउँमा तीन र पिसाङ गाउँमा एकजना गरी जम्मा २२ विदेशी पर्यटक यस जिल्लामा रोकिएका थिए ।  अब जिल्लामा १२ पर्यटक बाँकी रहेका अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख गौतमले बताए । ‘यहाँबाट हिजो मात्रै जर्मनी, इजरायली, नेदरल्यान्ड, आइरिस र फ्रान्सका नागारिकलाई फिस्टेल हेलिकप्टरबाट काठमाडौं पठाइएको छ, केही पर्यटकलाई जिल्ला प्रशासन कार्यालयले सवारी पास बनाई पोखरा पठाएको छ, एकदुईजना आफैँ हिँडेर लमजुङतर्फ गएका पनि छन्’, उले भने । अन्य जिल्लामा निषेधाज्ञा भए पनि यहाँ भएको छैन । जिल्लामा नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्दै हिँड्डुल जारी छ । वैशाखमा १४४ पुरुष र ९७ महिला गरी २४१ विदेशी पर्यटक जिल्ला भित्रिएका थिए । त्यस्तै १९७ ले थोरङ्ला पास गरी मुस्ताङ पुगेका छन् भने १० जना मनाङबाट फर्किएका छन् । नेदरल्यान्डका नागारिक संक्रमित भेटिएपछि मात्र जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र रहेका विदेशी पर्यटकको खोजी गर्न थालेको हो ।  अन्नपूर्ण संरक्षण क्षेत्रले तथ्यांक उपलब्ध गराएसँगै यहाँ रहेका पर्यटकको खोजी गरी उनीहरूको इच्छाअनुसार जिल्ला प्रशासन कार्यालयले सवारी पास बनाई गन्तव्यसम्म पठाउने काम गरिरहेको प्रजिअ लामिछानेले बताए । उनका अनुसार केही पर्यटक यहाँ नै बस्न चाहेकाले उनीहरुलाई सुरक्षित साथ रहन आग्रह गर्दै जिल्लाबाहिर जान चाहनेलाई सवारी पासको व्यवस्था गरिएको हो । विदेशी नागरिक अन्नपूर्ण क्षेत्रमा रहेका चेक पोष्टमा परमिट दर्ता गरेर आउने भए पनि अहिलेको अवस्थामा कतिपय दर्ता नभएका पनि रहेको अन्नपूर्ण संरक्षण क्षेत्रले जानकारी दिएको छ ।  कतिपय पर्यटक विना गाइड प्रवेश गरेको संरक्षण क्षेत्रका प्रमुख गौतमले बताए । ‘हाम्रो ठाउँठाउँमा चेक पोष्ट छ, चेक पोष्टमा दर्ता भएकाको तथ्यांक हामीसँग हुन्छ तर दर्ता नभएकाको तथ्यांक नहुँदा समस्या आउने गरेको छ’, उनले भने । दुई भारतीय नागारिक, तीन इजरायली तथा अन्य फ्रान्स, नेदरल्यान्ड र ब्रिटिस नागरिक रहेका अन्नपूर्ण संरक्षण क्षेत्रले जानकारी दिएको छ । हालसम्ममा १० पर्यटकको उद्धार भइसकेको छ भने अन्य १२ जनालाई पनि उद्धार गरी गन्तव्यसम्म पुर्‍याइने अन्नपूर्ण संरक्षण क्षेत्रले जानकारी दिएको छ । रासस

मनाङमा रोकिएका विदेशी पर्यटकको उद्धार

मनाङ। कोरोना महामारीका कारण मनाङमा रोकिएका पर्यटकलाई उद्धार गरिएको छ। अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको खोजी गर्दै फिर्ता पठाउने गरिएको छ।अन्नपूर्ण संरक्षण क्षेत्रको तथ्याङ्कमा जिल्लाभित्र २२ विदेशी नागरिक रहेका र उनीहरूलाई फिर्ता पठाउने काम भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले बताए। हालसम्म १० पर्यटकलाई उद्धार गरिएको छ भने अन्यलाई फिर्ता पठाउने काम भइरहेको छ।