मनाङबाट ८२ जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार

मनाङ - मनाङबाट ८२ जना पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण अलपत्र परेर सम्पर्कमा आएका ७३ जना विदेशी र नौ जना आन्तरिक पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । बाढीपहिराेले गर्दा सडकमार्ग बन्द भएकाले अलपत्र परेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको उहाँले बताउनुभयो । गएको मङ्गलवारदेखि परेको अविरल वर्षाका कारण मनाङको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो । मनाङमा पहिलोपटक एकैदिनमा १ सय २० पटक हेलि...

सम्बन्धित सामग्री

निर्वाचन आयोगले उमेदवारको नामावली आज प्रकाशन गर्दै

काठमाडौं।विप्लव नेतृत्व नेकपाको महाधिवेशन आजदेखि सुरु हुँदै छ।निर्वाचन आयोगले उमेदवारको अन्तिम नामावली आज प्रकाशन गर्दै छ।उम्मेदवारले आफूविरुद्ध परेको उजुरीको जवाफ आज दिनुपर्ने छ।मौसम प्रतिकूलताका कारण मनाङमा अलपत्र परेका ८२ जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।फिफा यु–१७ महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदै छ।

नेपाली सेनाद्वारा अमेरिकी र चिनियाँ राजदूतलाई सम्मान

काठमाडौं । नेपाली सेनाले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र अमेरिकी राजदूत रेन्डी बेरीलाई सम्मान गरेको छ । शिवरात्रि पर्वका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित सेनाको विशेष कार्यक्रममा राजदूतद्वयलाई सम्मान गरिएको हो । कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपालका लागि अमेरिकी राजदूत बेरी र चिनियाँ राजदूत यान्छीलाई कदरपत्र र आफ्नो कार्यकाल पुरा गरि स्वदेश फिर्ता हुन लागेका अमेरिकी राजदूतावासका सैनिक सहचारी माट शोभालाई प्रधान सेनापति प्रशंसा निशानद्वारा सम्मान गर्नुभएको थियो । सेना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरी शहिदहरुप्रति श्रद्धान्जली अर्पण गर्नुभएको थियो भने सेनाले राष्ट्रपतिको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो। सो अवसरमा नेपाली सेनाको हेलिकप्टरद्वारा ‘महाशिवरात्री तथा सेना दिवस (२०७७’अंकित व्यानर प्रदर्शन तथा पुष्पबृष्टी गरिए पश्चात षट्कोण फर्मेशन तथा नेपालको राष्ट्रिय झण्डाको आकृति समेत निर्माण गरी राइफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरिएको थियो । हेलिकप्टर मार्फत उद्धार सम्बन्धी विशेष कलाको प्रदर्शन, मार्च पाष्ट, खुकुरी नृत्य, आइकिडो, कराँते खेल, विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण सम्बन्धी विभिन्‍न हात÷हतियार, भेहिकल तथा उपकरणहरुको प्रदर्शन, विशेष फौज बाहिनीबाट फ्रि–फल जम्प लगायत विभिन्न प्रदेशका संस्कृती झल्कने नाच एवं गतिविधि समेतको प्रदर्शन गरिएको थियो । समारोहमा राष्ट्रपति भण्डारीबाट ‘नेपाल एकीकरणको ईतिहास (१८०१–१८७२) ‘नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय’ र ‘सिपाही वार्षिक–२०७७’ को विमोचन गर्नुको साथै फ्रि–फल जम्पमा प्रथम र द्वितिय हुने सैनिकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा प्रधानसेनापति प्रशंसा निशान तथा प्रधानसेनापति प्रशंसा पत्र प्राप्त गर्नेहरुमा बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द १७ जना, अधिकृत २११ जना, पदिक १९५ जना र अन्यदर्जा ७७८ जना, ड्रिल प्रतियोगितामा प्रथम भएका पृतनाका सकलदर्जा ५६ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ८ जना र गैर सैनिक ८२ जना गरि जम्मा १३४७ जना रहेका थिए । साथै सोही समारोहमा प्रधानसेनापति थापाले सैनिक आवासीय महाविद्यालयको कफि टेबल बुक ‘यात्रांकन पुस्तकको विमोचन गर्नुका साथै मानार्थ उप सेनानी पदमा पदोन्नती भएका ५४ जना पदिकहरु मध्ये उपत्यका भित्र कार्यरत ...