कमाउन कतार आएका उप्रेती ह्विलचेयरमा फर्किए

भन्थ्यौं आमा नेपालमा दुःख छ, विदेशमा त पैसाको रूख छ । कालो बादल नीलो आकाशमा, गयौं आमा चढेर जहाजमा, फर्कियौं बाकसमा । ‘परदेशी’ चलचित्रमा समेटिएको यस गीतले वैदेशिक रोजगारीको सिलसिलामा दुःख, कष्ट र यातना पाएर अकालमै मृत्युवरण गर्न पुगेका तथा अंगभंग भएकाको दुःख पीडा र वेदना दर्शाउँछ, जुन दुःख पीडा आमनेपालीको नियतिजस्तै बनेको छ । […] The post कमाउन कतार आएका उप्रेती ह्विलचेयरमा फर्किए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सीपमूलक तालिमले ल्याएको परिवर्तन

धरान, १४ मङ्सिर । झापाको शिवसतासीधाम–८ झिलभिलेका देविप्रसाद लावती सन् १९९९ मा मलेसिया पुगेर तीन वर्ष श्रम गर्नुभयो । घर रुग्ने उहाँले काम पाउनुभयो । तर हातमा कुनै सीप नभएका लावती पैसा कमाउन नसकेपछि घर फर्कनुभयो । फेरि सन् २००७ मा कतार जानुभयो । त्यहाँ सुरक्षा गाडको काम थियो, भनेबमोजिको तलब नपाएपछि एक वर्षमै घर […]

महामारीको बाबजुद कतार एयरवेजले १.५४ अर्ब डलर मुनाफा गरेको दावी

कतार एयरवेजले आर्थिक वर्ष २०२१–२०२२ मा १.५४ अर्ब अमेरिकी डलर बराबरको नाफा गरेको छ । कोरोनाभाइरस महामारीको समय कम्पनीलाई आर्थिक सङ्कटबाट जोगाउन ‘सफल रणनीति’ बनाई सङ्कटमा पनि मुनाफा कमाउन कतार एअरवेज सफल भएको हो ।कतारको सरकारी स्वामित्वमा रहेको एयरलाइन्सले मुनाफाको परिणाम ‘यसको उच्चतम वार्षिक मुनाफाभन्दा २०० प्रतिशत बढी’ भएको र समग्र आय १४.४ अर्ब अमेरिकी डलरबाट यो मुनाफा प्राप्त भएको हो ।  कम्पनीद्वारा जारी विज्ञप्तिमा कम्पनीले कोभिड पूर्वको सन् २०१९–२०२० क

महामारीको बाबजुद कतार एयरवेजले १.५४अर्ब डलर मुनाफा गरेको दाबी

दोहा । कतार एयरवेजले आर्थिक वर्ष २०२१–२०२२ मा १.५४ अर्ब अमेरिकी डलर बराबरको नाफा गरेको छ । कोरोनाभाइरस महामारीको समय कम्पनीलाई आर्थिक सङ्कटबाट जोगाउन ‘सफल रणनीति’ बनाई सङ्कटमा पनि मुनाफा कमाउन कतार एयरवेज सफल भएको हो । कतारको सरकारी स्वामित्वमा रहेको एयरलाइन्सले मुनाफाको परिणाम ‘यसको उच्चतम वार्षिक मुनाफाभन्दा २०० प्रतिशत बढी’ भएको र समग्र आय […]

रोमानियाको रोजगारी : साउदी, कतार र मलेशियाकै विकसित रुप !

काडमाडौं । पछिल्लो समय नेपालीहरुका लागि वैदेशिक रोजगारीको नयाँ गन्तव्य हो रोमानिया । यूरोपियन महादीप भित्र परेपनि यूरोपियन यूनियनभन्दा बाहिरै रहेको मुलुक हो रोमानिया । तर पछिल्लो एक डेढ वर्षको अवधिमा भने पढेलेखेका नेपाली कामदारको रोजाइ यूरोपेली मुलुक बनेको देखिन्छ । रोमानियामा पछिल्लो ५ बर्षमा मात्रै करिब ८ हजार नेपाली वैदेशिक रोजगारीमा गएको तथ्याङ्क छ । चालू आर्थिक वर्षको ६ महीनामा मात्रै २ हजार बढी नेपाली रोमानिया गएका छन । यो मध्ये पुसमा मात्रै ६ सय बढी नेपाली वैदेशिक रोजगारीको लागि रोमानिया गएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । कति हुन्छ कमाई ? यूरोपेली मुलुक भन्ने वित्तिकै यता उता कुरै नसुनी हाम फाल्ने नेपालीहरुले रोमानियालाई आकर्षक श्रम गन्तव्य मान्दै आएका छन् ।  तर यूरोपियन महादिपमा पर्ने भएपनि युरोपेली यूनियन (इयू) भन्दा बाहिर बसेको रोमानिया नेपाली कामदारका लागि यूरोप जस्तो नभइ खाडी मुलुककै विकसित रुप भएको रोमानियामा कार्यरत नेपालीहरुले बताउने गरेका छन् । रोमानियामा नेपालीले सहजै पाउने काम भनेको होटल क्षेत्रमा हो । केहि नापली कामदारहरु रोमानियाका ग्रामिण क्षेत्रमा कृषि कामदारको रुपमा पनि कार्यरत रहेको पाइन्छ । मेनपावरलाई मोटो रकम बुझाएर रोमानिया गएका नेपालीले मुस्किलले औषत ५०० सय यूरो सम्म मात्रै कमाउने गरेका छन् । तर अधिकांश नेपालीले बचाउने भनेको त ४०० यूरो सम्म मात्रै रहेको रोमानियामा कार्यरत कामदारहरु बताउँछन् । त्यो भनेको नेपाली ५० देखि ५५ हजार रुपैयाँ सम्म मात्रै हो । अहिले खाडी मुलुकमा काम गर्ने कामदारहरुले पनि त्यती रुपैयाँ कमाउन सक्ने उनीहरुको भनाई छ । न्युनतम तलव कति? रोमानियाको श्रम कानूनअनुसार दिनमा ८ घण्टा र हप्तामा ६ दिन काम गर्ने कामदारलाई मासिक २ हजार ५५० ‘रोमानियन लेऊ’ तलव दिनुपर्छ । जुन ५१५ यूरो बराबर हो । नेपाली मेनपावरहरुले पनि ५०० देखि ६०० यूरोसम्म तलव पाउने श्रम सम्झौता गरेर पठाउँछन् । ५०० यूरो तलव बुझेपनि नेपाली कामदारले ४०० यूरोभन्दा बढी बचाउन नसक्ने त्याहाँ कार्यरत नेपालीहरुको अनुभव छ ।  मलेशियामा सेक्युरिटी गार्डको काम गर्ने हो भने ५०-६० हजार रुपैयाँ लागतमा मलेशिया गएर मासिक ५०-६० हजार रुपैयाँ नै कमाउन सकिन्छ । त्यतिनै रुपैयाँ कमाउन रोमानियामा भने ५ देखि ८ लाख रुपैयाँ सम्म खर्च गरिरहेका छन् ।  यूरोप भन्दै ठगी धन्दा रोमानिया जानको लागि सरकारले तोकेको लागत प्रति व्याक्ति ३५ देखि ४० हजार रुपैयाँ मात्रै छ । तर मेनपावर व्यवसायीहरुले भने यूरोपियन देश भएको र कमाई पनि राम्रो हुने भन्दैप प्रति व्याक्ति ५ देखि ८ लाख रुपैयाँ सम्म लिने गरेको पाइएको छ ।  शुरु शुरुमा रोमानिया जाने नेपालीहरु ३/४ लाख रुपैयाँमा पनि नगएका होइनन् । तर जसै रोमानियाको रोजगारीमा आकर्षण बढ्यो त्यसको लागत भने दोब्बर भन्दा बढी सम्म पुगेको छ । तर रोमानियामा पाउने सेवा सुविधा भने बढेका छैनन् । नेपालीहरुले यूरोपियन देश भनेपछि अन्यकुरा नहेरी रकम तिर्ने गरेको र समस्यामा परेपछि मात्रै गुहार माग्न आउने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकृत कृष्ण प्रसाद भुसाल बताउँछन् ।  नेपाल सरकारले श्रम स्विकृती दिएको देश हो । तर मेनपावर कम्पनीहरुले यतिनै लागत लाग्छ भनेर भन्दैनन् । वैदेशिक रोजगारीमा जान चाहाने युवालाई अनतर्वार्ता दिनु पर्ने र त्यसपछिमात्रै लागत तथा पारिश्रमिकको वारेमा विस्तृत जानकारी दिने भन्दै चेपुवामा पार्ने गरेका छन् ।  कुन मेनपावर कम्पनीले कति रुपैयाँ लिएको छ भन्ने विभागलाई थाहा नहुने तर कसैले आफू ठगिएको उजूरी दिए विभागले कारबाही गर्ने विभागका महानिर्देशक दिपक काफ्लेको भनाई छ । यूरोपेली मुलुक भनेर रोमानिया गएका बागलुङका राम बहादुर रोकाया रोजगारीको लागि यूरोप जादैछु भन्ने सोचेर रोमानिया नआउन आग्रह गर्छन् । खाडी देशकै विकसित रुप गत वर्ष मात्रै ६ लाख रुपैयाँ बुझाएर रोमानिया पुगेका बागलुङका रोकाया उस्तै ठाउँ उस्तै कमाई हुने भएपछि लाखौ‌ रुपैयाँ खर्चेर रोमानिया आउनुभन्दा खाडी मुलुक जानु नै ठिक रहेको बताउँछन् ।  ‘म त पहिले दुवई, कतार पनि बसेको हुँ, अहिले यूरोप भनेर ६ लाख रुपैयाँ तिरेर यता आएँ । तर कमाई र सुविधा भने कतार र दुवईको भन्दा बढी छैन । खर्च मात्रै बढि लाग्यो ।’ उनले भने । शुरुशुरुमा कम्पनी मन नपरेको खण्डमा सजिलै अर्को कम्पनी खोजेर जान पाइन्थ्यो । अहिले भने नेपालीहरुले छिटो छिटो कम्पनी परिवर्तन गर्न थालेपछि रोजगारदाता कम्पनीले कामदारको पासपोर्ट राख्ने गरेको रोकायाले बताए । साउदी कतारमा कम्पनी मन नपरेपनि काम गरिरहनु पर्ने हुन्थ्यो । अहिले त ती देशले पनि कम्पनी परिवर्तन गर्न पाउने नियम ल्याइरहेका छन् । तर यूरोपेली मुलुक भनेर रोमानिया पुगेका नेपालीको पनि रोजगारदाताले नै पासपोर्ट राखेपछि कतार र रोमानियामा के फरक भयो र ?

हत्या आरोपमा कतारको जेलमा रहेका छोरा बचाइदिन बुवाको याचना

दाङ : शान्तिनगर गाउँपालिका-२ सिमसुन्दरपुरका टेकबहादुर केसीले ज्यान मुद्दामा कतारको जेलमा रहेका आफ्ना छोराको जीवन रक्षा गरिदिन आग्रह गरेका छन्।वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका २२ वर्षीय सुनील केसी सहकर्मी भारतीय नागरिकको हत्या आरोपमा जेलमा छन्। मृतकका परिवारले ‘ब्लडमनी’ स्वरुप १५ लाख भारतीय रुपैयाँ मागेकाले आर्थिक सहयोग गरी छोराको जीवन बचाइदिन टेकबहादुरले याचना गरेका छन्।‘हाम्रो आर्थिक अवस्था कमजोर छ। कमाउन विदेश गएको छोरा अहिले जेलमा छ‚’ टेकबहादुरले भने&

च्याउ खेतीबाट मनग्य कमाइ गर्दै छथर जोरपाटीका चुइन्द्र

धनकुटा : धनकुटाको छथर जोरपाटी गाँउपालिका–६ का चुईन्द्र बस्नेत रोजगारीका लागि मलेसिया र कतारलगायत देशमा भौतारिँदै पुगे। तर, ती देश जाँदा काम गर्न नसकेपछि उनी दुईवटै देशमा ६ महिनाभन्दा बढी बस्न सकेनन्। मलेसियामा पुग्नेबित्तिकै बिरामी काम गर्न नसकेर फर्केको त्यसपछि कतार गएको ६ महिनामा फर्कनु परेको उनी बताउँछन्।बस्नेतले विदेश जाँदा लागेको खर्च समेत विदेशमा कमाएर तिर्न सकेनन्। विदेशमा ६ महिना काम गर्दा २० हजार पनि कमाउन नसकेको बस्नेत बताउँछन्। बस्नेतले विदेश जाँदा लागेको ऋण नेपालमै कमाएर तिरेको

जो कमाउन विदेश गएर फर्किएनन्

परिवारको गुजारा चलाउन खाडी मुलुक गएका सप्तरीका २८ जनाले उतै ज्यान गुमाएका छन् । गत साउनयता रोजगारीका क्रममा मलेसिया, कतार र दुबईमा गएका उनीहरूको विभिन्न कारणले मृत्यु भएको हो ।

कतार गएका श्रीमान् पाँच वर्षदेखि बेपत्ता, गुहार माग्दै पत्रकारसमक्ष

झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिका ६ स्थित बनियानी निवासी ४८ वर्षीय सागर उप्रेती २०७२ साल मङ्सिर ९ गते वैदेशिक रोजगारीका लागि कतार उडेका थिए।  आर्थिक अवस्था कमजोर उप्रेती स्वदेशको रोजगारी छाडेर खाडी गए। तर परिवारको खुसीसँगै पैसा कमाउन कतार गएका उप्रेती वर्षौंदेखि बेपत्ता छन्। उनीसँग परिवारको हालसम्म सम्पर्क हुन सकेको छैन। श्रीमानको खोजीका लागि प्रहरी प्रशासन तथा राज्यसँग पटक पटक गुहार मागेकी उनकी श्रीमती रामकुमारी उप्रेती अनन्तः पत्रकारसमक्ष आइपुगेकी छन्। बिर्तामोडस्थित रिपोट

सात वर्ष कतार बसेर अाएका भरत भन्छन्, 'विदेशको श्रम त उमेर हुन्जेलसम्म मात्र हो'

धनकुटा : छथर जोरपाटी गाउँपालिका–६ नाम्जाङका भरत गुरुङ पैसा कमाउन ०५६ मा कतारको मरुभूमि पुगे। त्यहा उनको कमाइ राम्रै थियो। महिनाको ५० हजारसम्म तलब बुझ्थे। तर पनि उनले त्यहाँ भविष्य देखेनन्। त्यसैले सात वर्षको कतार बसाइलाई टुंग्याउँदै ०६३ मा गाउँमै केही गर्ने प्रणसहित फर्किए। भरतले विदेशबाट फर्केपछि केही वर्ष तरकार...