महामारीको बाबजुद कतार एयरवेजले १.५४अर्ब डलर मुनाफा गरेको दाबी

दोहा । कतार एयरवेजले आर्थिक वर्ष २०२१–२०२२ मा १.५४ अर्ब अमेरिकी डलर बराबरको नाफा गरेको छ । कोरोनाभाइरस महामारीको समय कम्पनीलाई आर्थिक सङ्कटबाट जोगाउन ‘सफल रणनीति’ बनाई सङ्कटमा पनि मुनाफा कमाउन कतार एयरवेज सफल भएको हो । कतारको सरकारी स्वामित्वमा रहेको एयरलाइन्सले मुनाफाको परिणाम ‘यसको उच्चतम वार्षिक मुनाफाभन्दा २०० प्रतिशत बढी’ भएको र समग्र आय […]

सम्बन्धित सामग्री

कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा एनआईसी एशिया बैंक उत्कृष्ट रहेको दाबी

काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा बैंक उत्कृष्ट रहेको दाबी गरेको छ । बैंकले आफ्ना मुख्य सूचकांकहरू(सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा सबै वाणिज्य बैंकहरूमध्ये उत्कृष्टमा पदै आएको दाबी गरेको हो । बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक […]

नबिल बैंकमा नेपाल बंगलादेश बैंक गाभ्न सैद्धान्तिक सहमति प्रदान

नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न नबिल बैंकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । एनबी बैंकको एक्विजिसनपश्चात् चुक्ता पूँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरूमा अग्रणी बैंकको रुपमा स्थापित हुने नबिल बैंकले दाबी गरेको छ । हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रुपैयाँ रहेको छ ।एक्विजिसनपश

निगमको प्रादेशिक डिपोले इन्धन नदिएको व्यवसायीको आरोप

१८ फागुन, बुटवल । रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपोले मौज्दात भएर पनि पेट्रोलियम पदार्थ वितरण नगरेको आरोप व्यवसायीहरुले लगाएका छन् । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले मूल्य वृद्धिको सम्भावनालाई मध्यनजर गरी निगमले व्यवसायीलाई इन्धन नदिएको दाबी गरे । ‘मूल्य बढ्ने सम्भावना देखेर मुनाफा कमाउने उद्देश्यले निगमले डिपोमा मौज्दात १५ ट्याङकर इन्धन […]

मुक्तिनाथ फाउण्डेशनले लक्षित वर्गलाई सबलीकरणमा सघाउने

कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७८ असोज १ गते दर्ता भएको मुक्तिनाथ फाउण्डेशनले काम आरम्भ गरेको छ । सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका र पारिएका व्यक्तितथा समुदायहरूलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना भएको फाउण्डेशनले जानकारी दिएको छ ।मुनाफा वितरण नगर्ने संस्थाको रूपमा यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रूपमा काम अघि बढाएको पनि दाबी गरेको छ । आज (मंगलबार) सम्पन्न एक औपचारिक कार्यक्रममा फाउण्डेशनले वि

ट्विटरको मुनाफा घट्यो

कात्तिक १०, सन फ्रान्सिस्को (अमेरिका) । गत त्रैमासमा माइक्रोब्लगिङ वेबसाइट ट्विटरले आधा अर्ब डलरभन्दा धेरै गुमाएको छ ।  लामो समयदेखि चलिरहेको मुद्दा राफसाफ गर्नका लागि कम्पनीले ८० करोड ९५ लाख डलर तिरेपछि सेप्टेम्बरसम्मको तीन महीनामा कम्पनीलाई ५३ अर्ब ७०  करोड डलर घाटा भएको हो ।  सन् २०१५ मा प्रयोगकर्ताको आबद्धताका विषयमा लगानीकर्ताहरुलाई भ्रममा राखेको आरोप कम्पनीमाथि थियो । कम्पनीले यति धेरै शुल्क तिर्दा पनि आम्दानी भने ३७ प्रतिशतले बढ्यो । यसले गर्दा एप्पलले गोपनियतामा गरेको परिवर्तनको प्रभाव कम गर्न कम्पनीले सकेको हो ।  यो खबरसँगै ट्विटरको शेयरमूल्य ३ प्रतिशतले बढेको थियो । सेप्टेम्बरमा कम्पनीले स न् २०१६ मा शेयरधनीहरुले हालेको सामूहिक मुद्दा राफसाफ गर्न सहमति गरेको थियो ।  हरेक महीना यसको प्लेटफर्ममा कति प्रयोगकर्ता सक्रिय थिए र उनीहरुले ट्विटरको टाइमलाइन कत्तिको बारम्बार हेर्ने गरेका छन् भन्नेबारे कम्पनीले गलत सूचना दिएको मुद्दामा शेयरधनीहरुले दाबी गरेका थिए । एजेन्सी

गतवर्षभन्दा ४.७२ प्रतिशत बढी नाफा भएको नेपाल टेलिकमको दाबी

नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिने मुनाफा रकम प्रस्तुत गरेको छ । टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख ६ हजार रुपैयाँ खुद मुनाफा गरेको ...

एनआईसी एसिया बैंकको सञ्चालन मुनाफामा २५%वृद्धि

एनआईसी एसिया बैंकले चालू आव ०७/७५ को दोस्रो त्रैमासिकमा सम्भावित नोक्सानी अघिको सञ्चालन मुनाफामा २५ प्रतिशतको वृद्धि हासिल गरेको जनाएको छ । बैंकले गत वर्षको सोही अवधिको ०.८९ अर्ब रुपैयाँ मुनाफाको तुलनामा चालू वर्ष १.१२ अर्ब रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । सञ्चालन मुनाफाले उक्त संस्थाले आफ्नो मुख्य सञ्चालन कारोबारमार्फत आर्जन गरेको मुनाफा तथा उक्त मुनाफाको स्वस्थ वृद्धिले संस्थाको दीर्घकालीनात्मक सञ्चालनको प्रत्याभूति प्रतिबिम्बित गर्ने पनि बैंकको दाबी छ । साधारणतया, कर्जा नोक्सानी व्यवस्थामा हुने घटबढ तथा उक्त व्यवस्थाबाट फिर्ताले बैंकको खुद मुनाफामा उल्लेख्य प्रभाव पार्ने गर्छ । गत वर्षको सोही अवधिमा कर्जा नोक्सानी व्यवस्थाबाट उल्लेख्य फिर्ता ३२.८३ करोड रुपैयाँ भएको हुनाले ७२.१४ करोड खुद मुनाफा भएकोमा चालू आवको दोस्रो त्रैमासिकमा बंैकले ५७.१७ करोड खुद मुनाफा आर्जन गर्ने सफल भएको छ । चालू आवमा बैंकको सञ्चालन मुनाफामा भएको स्वस्थ वृद्धि तथा कर्जामा उल्लेख्य वृद्धिका कारणले असल कर्जाको कर्जा नोक्सानी व्यवस्थामा ३६ करोड रुपैयाँको वृद्धिका बाबजुद पनि बैंकले दोस्रो त्रैमासिकमा आर्जन गरेको खुद मुनाफा उत्साहजनक छ ।