दाङ : शान्तिनगर गाउँपालिका-२ सिमसुन्दरपुरका टेकबहादुर केसीले ज्यान मुद्दामा कतारको जेलमा रहेका आफ्ना छोराको जीवन रक्षा गरिदिन आग्रह गरेका छन्।वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेका २२ वर्षीय सुनील केसी सहकर्मी भारतीय नागरिकको हत्या आरोपमा जेलमा छन्। मृतकका परिवारले ‘ब्लडमनी’ स्वरुप १५ लाख भारतीय रुपैयाँ मागेकाले आर्थिक सहयोग गरी छोराको जीवन बचाइदिन टेकबहादुरले याचना गरेका छन्।‘हाम्रो आर्थिक अवस्था कमजोर छ। कमाउन विदेश गएको छोरा अहिले जेलमा छ‚’ टेकबहादुरले भने&