सात वर्ष कतार बसेर अाएका भरत भन्छन्, 'विदेशको श्रम त उमेर हुन्जेलसम्म मात्र हो'

धनकुटा : छथर जोरपाटी गाउँपालिका–६ नाम्जाङका भरत गुरुङ पैसा कमाउन ०५६ मा कतारको मरुभूमि पुगे। त्यहा उनको कमाइ राम्रै थियो। महिनाको ५० हजारसम्म तलब बुझ्थे। तर पनि उनले त्यहाँ भविष्य देखेनन्। त्यसैले सात वर्षको कतार बसाइलाई टुंग्याउँदै ०६३ मा गाउँमै केही गर्ने प्रणसहित फर्किए। भरतले विदेशबाट फर्केपछि केही वर्ष तरकार...

सम्बन्धित सामग्री

चीनले बढायो कर्मचारीको अवकाश पाउने उमेर

२८ भदौ, काठमाडौं। चीनले अवकाश (रिटायरमेन्ट)को उमेर बढाएको छ । तीन सरकारले अवकाशको उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो । यसअनुसार अब ब्लू कलर जब (फ्याक्टी, कन्स्ट्रक्सन जस्ता श्रम गर्नुपर्ने क्षेत्रको काम) का लागि महिलाको …

श्रम सम्झौतामता उदासीनता

सरकारले वैदेशिक रोजगारीका लागि १ सय ११ मुलुक खुला गरे पनि ११ वटा मुलुकसँग मात्रै श्रम सम्झौता र सहमति गरेको छ । रोमानियासँग कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्षपछि श्रम समझदारी भएको छ । यूरोपको साइप्रसलगायत मुलुकमा अहिले नेपालीहरू जाने क्रम निकै बढेको छ । तर, ती देशसँग श्रम सम्झौता हुन सकेको छैन । ती देशलाई विदेशी कामदार चाहिएकै कारण उनीहरूले अहिले म्यानपावर कम्पनीमार्फत नेपाली कामदार लगिरहेका छन् । श्रम सम्झौता नहुँदा श्रमिकको हितमा काम हुन सकेको छैन र यो जोखिमयुक्त देखिएको छ । सकेसम्म मुलुकमै सबै नागरिकलाई रोजगारी दिलाउनु आवश्यक छ । काम गर्न सक्ने उमेर र दक्षता भएका व्यक्तिहरू विदेश गएपछि मुलुकभित्र आवश्यक कामदार उपलब्ध नहुन सक्छ । नेपालले यो समस्या भोगिरहेको छ । नेपालीहरू विदेशमा काम गर्न जाने र भारत, बंगलादेशका कामदारहरू नेपालमा काम गर्न आउने गरेको देखिन्छ । नेपालको अर्थतन्त्र विप्रेषणमा निर्भर रहेको छ । अहिले मासिक १ खर्ब हाराहारीमा विप्रेषण भित्रिइरहेको छ । यही विप्रेषणले नेपालको गरीबी घटाएको छ, शिक्षाको पहुँच बढाएको छ र नागरिकलाई पौष्टिक खाना र स्वास्थ्य सेवा पनि उपलब्ध गराउन सहयोग गरेको छ । त्यसैले नेपालको अर्थतन्त्रमा विप्रेषणको योगदान बहुआयामिक छ । जेजस्तो अवस्था आए पनि वैदेशिक रोजगारी रोक्न वा न्यून गर्न सक्ने अवस्था छैन । वैदेशिक रोजगारी अनिवार्य छ भने यसलाई व्यवस्थित गर्नेतर्फ लाग्नुपर्छ । अदक्ष कामदारलाई सकेसम्म वैदेशिक रोजगारीमा जान नदिने, पठाउनै परे तालीम दिएर मात्रै पठाउने हो भने विप्रेषण अहिलेको भन्दा निकै ठूलो परिमाणमा भित्रन सक्छ । विप्रेषण आयको कुरा गर्दै गर्दा वैदेशिक रोजगारीका अँध्यारा पक्षलाई पनि बेवास्ता गर्न सकिँदैन । सरकारले आफ्ना नागरिकलाई श्रम सम्झौता नभएका मुलुकमा पठाएर निकै जोखीम लिइरहेको छ । आफ्ना नागरिकलाई अर्काका मुलुकमा काम गर्न पठाउँदा मुलुकले ध्यान दिनुपर्ने पहिलो र महत्त्वपूर्ण विषय भनेको कामदारको सुरक्षा हो । श्रम सम्झौता नभएका मुलुकमा काम गर्न जाने कामदारको सुरक्षा निकै गम्भीर हुन्छ ।  सम्झौता नभएकै कारण समयमा तलब नपाउने, कामदार जानेबित्तिकै उसको राहदानी खोसेर कम्पनीले राख्ने, कामदारको सेवासुविधा, बीमा, स्वास्थ्यलगायत समस्या देखिँदा सरकारी तहबाट समाधानका लागि अप्ठ्यारो पर्ने गरेको छ । कामदारको सुरक्षाको प्रमुख आधार श्रम सम्झौता नहुँदा अधिकांश मुलुकमा गएका नेपाली कामदारले न्यूनतम तलब सुविधा, औषधोपचार खर्च, बीमा, कानूनी सेवालगायत आधारभूत अधिकारबाट समेत वञ्चित हुनुपरेको छ । द्विपक्षीय श्रम सम्झौता भएको मुलुकसँग कानूनी रूपमा अन्तरराष्ट्रिय सन्धि, सम्झौतासरह मानेर उजुरी दिन सकिन्छ । कामदारको गम्भीर मानवअधिकार हनन भएको अवस्थामा अन्तरराष्ट्रिय अदालतमा समेत मुद्दा हाल्न सकिन्छ । तर, नेपालले आफ्ना लाखौं नागरिकलाई विप्रेषणको लोभमा ज्यादै जोखिमयुक्त क्षेत्रका काम गर्न पठाएको छ भन्न सकिन्छ । त्यसैले कतिपय कामदारले कार्यक्षेत्रमै ज्यान गुमाए पनि र अंगभंग भए पनि उचित क्षतिपूर्ति पाउन सकेका छैनन् । बीमाको रकम पाउन सकेका छैनन् ।  द्विपक्षीय श्रम सम्झौता नभए कम्तीमा दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर गरेर मात्रै रोजगारीका लागि मुलुक खुला गर्नुपर्छ । तर, नेपालले लुकिछिपी काम गर्न जाने सम्भावना देखेर जथाभावी रूपमा श्रमका लागि विदेशी मुलुक खुला गरेको छ जसले गर्दा अहिले विभिन्न समस्या भोग्नु परिरहेको छ । सम्झौता नभएकै कारण समयमा तलब नपाउने, कामदार जानेबित्तिकै उसको राहदानी खोसेर कम्पनीले राख्ने, कामदारको सेवासुविधा, बीमा, स्वास्थ्यलगायत समस्या देखिँदा सरकारी तहबाट समाधानका लागि अप्ठ्यारो पर्ने गरेको छ । श्रमसम्झौताको अभावमा विदेशमा नेपाली कामदारको मृत्यु हुँदा समयमा शव झिकाउनसमेत समस्या हुने गरेकोे छ । त्यसैले जतिओटा श्रम गन्तव्य खुला गरिएको छ ती सबै देशसँग श्रम सम्झौता वा समझदारी गर्न सरकारले हरसम्भव प्रयास गर्नुपर्छ । यदि समस्या छ भने ती देशमा कुनै पनि तरीकाबाट नजान नागरिकलाई सूचित गर्नुपर्छ र कसैले कामदार पठाए तिनलाई कारबाही गर्नुपर्छ । नेपालले चाहेर मात्रै श्रम सम्झौता नहुने सरकारी अधिकारीको भनाइ छ । यसमा सरकारले पर्याप्त कूटनीतिक पहल गर्न नसकेको देखिन्छ ।

वैदेशिक रोजगारीका लागि करिब ८ लाख विदेसिए

नेपालबाट जाने लगभग सबैजसो आप्रवासी कामदारहरूको आर्थिक रूपमा निकै उत्पादनशील उमेर समूह १८ देखि ४४ वर्ष रहने गरेको श्रम मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भूसालले बताए।...

एक वर्षमा चितवनबाट १४ हजारले लिए श्रम स्वीकृति

चितवन । गत आर्थिक वर्ष (आव)मा जिल्लाबाट करिब १४ हजार जनाले वैदेशिक रोजगारी (foreign employment) का लागि श्रम स्वीकृति लिएका छन् ।  भरतपुर महानगरपालिकाले आज आयोजना गरेको एक कार्यक्रममा आव ०७८/०७९ मा चितवनबाट वैदेशिक रोजगारीका लागि १३ हजार ९२७ जनाले श्रम स्वीकृति लिएको तथ्यांक प्रस्तुत गरिएको छ ।  महानगरपालिकाले आज वैदेशिक रोजगारका सम्बन्धमा तथ्यांक संकलन, अभिलेखीकरण र पाश्र्वचित्र निर्माण गर्न अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।  गत आर्थिक वर्षमा बागमती प्रदेशबाट ९१ हजार ५१० जनाले श्रम स्वीकृति लिएको महानगरको सामी कार्यक्रमका सुशासन संयोजक भक्त राइले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा संयोजक राईले वैदेशिक रोजगारीका सम्बन्धमा देखिएका विवरणहरू प्रस्तुत गरेका थिए ।  भरतपुर महानगरपालिकाका २९ ओटै वडाका अध्यक्ष तथा सचिवहरूसँग गरिएको अन्तरक्रियामा वैदेशिक रोजगारका सम्बन्धमा देखिएका समस्या, चुनौती र वैदेशिक रोजगारमा गएकाहरूको अवस्थाबारे छलफल तथा बहस गरिएको थियो । संयोजक राईले वैदेशिक रोजगारको सवाल, स्थानीय सरकारको पहलहरू र पाश्र्वचित्र निर्माणका सम्बन्धमा अनुभव तथा सिकाइबारे समेत कार्यपत्र प्रस्तुत गरेका थिए ।  कार्यपत्रमा नेपालमा प्रतिवर्ष करिब १४ लाख ५० हजार श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने गरेको उल्लेख छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ६४ लाख छ ।  त्यस्तै गत आर्थिक वर्षमा मात्रै बागमती प्रदेशबाट ९१ हजार ९४८ जनाले श्रम स्वीकृति लिएका छन । आर्थिक वर्ष ०७८/०७९ मा १० खर्ब ७ अर्ब बिप्रेषण भित्रिएको छ ।  वैदेशिक रोजगारीमा गएकाको विवरण संकलन गर्दै महानगर  भरतपुर महानगरपालिका (Bharatpur Metropolitan)ले यही वैशाख १६ गतेबाट वैदेशिक रोजगारीका गएका व्यक्तिहरूको विवरण संकलन गर्दैछ । उसले २९ ओटै वडाहरूमा गणक खटाएर वैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुको विवरण संकलन गर्न लागेको हो ।  यसका लागि महानगरले २९ ओटै वडाबाट छनोट भएर आएका गणकहरूलाई प्रशिक्षण दिने भएको छ । प्रशिक्षणपश्चात् गणकहरूले अनलाइनमार्फत विवरणहरू अध्यावधिक गर्ने स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ता कुमारी पौडेलले बताइन् ।  उनका अनुसार महानगरले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको घरमा गएर उनीहरूको पारिवारिक विवरणका साथै लिंग, उमेर, वैदेशिक रोजगारीमा गएको अवधि, मान्यताप्राप्त म्यानपावरबाट गए÷नगएको, वैदेशिक रोजगारीबाट फर्कनुको कारण, फर्केर आएपछि व्यापार–व्यवसाय गरे/नगरेको लगायत विवरण अद्यावधिक गर्नेछ । कार्यक्रममा नगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरको यो कार्यक्रम उपलब्धिमुलक हुने दाबी गरे । ‘यो हाम्रो मात्र नभइ भरतपुर महानगरकै गौरवको कार्यक्रम हो,’ उनले भने, ‘यो अभियानबाट वैदेशिक रोजगारीका सम्बन्धमा देखिएका जटिलताको अन्त्य हुने अपेक्षा छ ।’

“परिवारको खुसीले आफ्ना दुःख भूलेँ तर बुबाबाट घात”

महोत्तरीका रामअशेश्वर ठाकुरले १४ वर्ष साउदी अरबमा पसिना बगाउनुभयो । उमेर छँदै श्रम गरे भविष्यमा सुखको जीवन बाँचिएला र आश्रित परिवारले पनि दुःख भोग्नु नपर्ला भन्ने सोचेरै उहाँ देश छोडेर परदेश पुग्नुभएको थियो । “घरको जेठो छोरा हुनुको जिम्मेवारी बोध थियो, त्योभन्दा बढी सन्तान र आफ्नै भविष्यको चिन्ता थियो । घरपरिवार, जहान, बालबच्चा सबैलाई छोडेर …

‘…त्यसपछि बल्ल न्याय पाइयो’

महोत्तरीका रामअशेश्वर ठाकुरले १४ वर्ष साउदी अरबमा पसिना बगाउनुभयो । उमेर छँदै श्रम गरे भविष्यमा सुखको जीवन बाँचिएला र आश्रित परिवारले पनि दुःख भोग्नु नपर्ला भन्ने सोचेरै उहाँ देश छोडेर परदेश पुग्नुभएको थियो । “घरको जेठो छोरा हुनुको जिम्मेवारी बोध थियो, त्योभन्दा बढी सन्तान र आफ्नै भविष्यको चिन्ता थियो । घरपरिवार, जहान, बालबच्चा सबैलाई छोडेर […]

विदेशको कमाइ त्यागेर बाँझो जमिनमा श्रम गर्दै चाम्लिङ

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, चुरीढाँडका ४८ वर्षीय खम्ब चाम्लिङको आधा उमेर विदेशमा बित्यो । रोजगारीको सिलसिलामा उनले कतारमा ६ वर्ष, साउदी अरबमा २ वर्ष र भारतका विभिन्न प्रान्तमा १५ वर्ष बढी गरी जीवनको अढाइ दशक खर्चेका छन् ।एकातिर घरको जेठो सन्तान, अर्कातिर सानै उमेरमा विवाह । त्यसले गर्दा किशोरावस्थामै उनको काँधमा जिम्मेवारीको चाङ […]

आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदै

काठमाण्डाै - आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, नेपालमा पनि श्रमिकको हक, हित र अधिकारका बारेमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । तथ्याङ्कअनुसार हरेक वर्ष ५ लाख नेपाली श्रम बजारमा प्रवेश गर्छन् । नेपाल श्रम शक्ति सर्वेक्षण २०७५ अनुसार काम गर्ने उमेर पुगेका २ करोड ७ लाख जनसङ्ख्यामध्ये ७० लाख ८७ हजारले मात्र नेपालमा आंशिक वा पूर्ण रोजगारी पाएका छन् । अहिले पनि लाखौँ नेपाली कामको लागि विदेशिन बाध्य छन् । आर्थिक वर्ष २०५०/५१ देखि २०७७/७८ सम्म साढे ५६ लाख नेपालीले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । श्रम ...

बालबालिकाको श्रमशोषणदर घट्दै

काठमाडौँ– विभिन्न क्षेत्रमा हुने बालश्रमिकको संख्या घट्न थालेको छ । उमेर नपुगेका बाललिकालाई काममा लगाएर उनीहरुको श्रम शोषणको हुने संख्या घट्दो क्रममा रहको बालश्रम प्रतिवेदन, २०२१ ले देखाएको छ । प्रतिवेदन अनुसार नेपालमा ५ देखि १७ वर्ष उमेर समुहका १५.३ प्रतिशत बालबालिका श्रममा संलग्न रहेका छन् । जुन संख्या सन् २००८ भन्दा करिब पाँच लाखले […]