युक्रेनको तटमा बिस्फोटपछि एक मालवाहक जहाज डुबेको छ । यो जहाज एस्टोनियाको हो र उनीहरुले नै यसबारे जानकारी दिएका हुन् । बिस्फोट कसरी भयो भनेर कुनै जानकारी प्राप्त हुन सकेको छैन । चालक दलका दुई सदस्य र चार अन्य जनालाई युक्रेनको स्थानीय राहत सेवाले बचाएको छ ।यो जहाजको मालिक एस्टोनियास्थित कम्पनी विस्टा शिपिङ एजेन्सी हो । एस्टोनिया एक बाल्टिक देश हो र नेटोको सदस्य पनि हो । यसको सीमा रुससँग जोडिन्छ । यो जहाज थुप्रै दिनअघि चोरनोमोर्स्कको दक्षिणी बन्दरगाहबाट निस्किएपछि ओडेसाको निकट युक्रेनको तटमा