राजस्व अनुसन्धान विभागले राजस्व छलीको शंकामा दक्षिणी भन्सार नाकाबाट छुटेका दुईवटा भारतीयसहित २० वटा मालवाहक ट्रक नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ ।
जनकपुरधाम, (नेस) । पर्सा प्रहरीले मंगलबार राति वीरगन्जबाट एक मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । १ करोडभन्दा बढीको सामान राजस्व छली गरेर वीरगन्जबाट बुटवलतर्फ लैजान लागेको गोप्य सूचनाको आधारमा प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको हो । बिल बिजकभन्दा बढी खुद्रा मालसामान लोड गरी बुटवल लैजाँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका–८ बाट प्रहरीले ना४ख ८३३४ नम्बरको ट्रकलाई […]
राजस्व अनुसन्धान विभागको पथलैयास्थित क्षेत्रीय कार्यालय परिसरमा तीन महिनाभन्दा लामो समयदेखि ना६ख २२७८ नम्बरको मालबाहक ट्रक राखिएको छ । चितवन प्रहरीले नवलपरासीबाट वैशाख ७ मा उक्त ट्रक नियन्त्रणमा लिएर राजस्व कार्यालयमा पठाएको जनाएको छ ।